- दिवेश खड्का

धनकुटा । तत्कालिन परेवादिन गाउँ विकास समितिका अध्यक्ष स्व.केदारनाथ श्रेष्ठको सम्झनामा बुधबार सिधुवामा छैटौं स्मृति सभा गरिएको छ । स्व.श्रेष्ठको योगदानको स्मरण गर्दै तस्वीरमा माल्यार्पण गरेर उनको सम्झना गरिएको हो ।

Advertisement

उनी २०५४ सालको स्थानीय तह निर्वाचनमा नेकपा एमालेको तर्फबाट २५ वर्षकै उमेरमा तत्कालिन परेवादिन गाविसको अध्यक्षमा निर्वाचित भएका थिए । सामाजिक व्यक्तित्वको पहिचान बनाएका श्रेष्ठले विभिन्न समयमा सामाजिक संस्था तथा सामाजिक विकासको अगुवाई गरेका थिए ।

स्मृति सभामा छथर जोरपाटी गाउँपालिकाका अध्यक्ष शेरबहादुर लिम्बू, वडाध्यक्ष दिल बहादुर थापा, सगरमाथा दुग्ध चिस्यान केन्द्रका अध्यक्ष प्रेम प्रसाद ढकाल लगायतले उनको योगदानको चर्चा गरे ।

फोक्सोको क्यान्सरबाट पीडित श्रेष्ठको उपचारका क्रममा २०७२ मंसिर १५ गते निधन भएको थियो । स्व.श्रेष्ठकी धर्मपत्नी भीमकला अहिले छथर जोरपाटी गाउँपालिकाको उपाध्यक्ष छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!