संगालोखबर सम्वाददाता
सांकेतिक तस्वीर

धनकुटा । धनकुटामा आज मोटरसाइकलको ठक्करबाट एक पैदलयात्री घाइते भएका छन् । साँगुरीगढी गाउँपालिका–६ आर्मी क्याम्पस्थित गोलखाडी–भेडेटार सडकखण्डमा गोलाखाडीबाट भेडेटारतर्फ जाँदै गरेको को. १० प ३७७७ नंम्बरको मोटरसाइकलले दिउँसो करिब ३ बजे पैदलयात्रीलाई ठक्कर दिएको हो ।

मोटरसाइकलको ठक्करबाट पैदलयात्री झापाको गौरादह नगरपालिका–८ का १६ बर्षीय रोमन राजवंशी घाइते भएका छन् । घाइते राजवंशीलाई उपचारका लागि धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको छ ।

Advertisement

मोटरसाइकल र चालक बरख गण पोष्ट भेडेटारमा कार्यरत सिपाही छथरजोरपाटी गाउँपालिका–६ का २१ बर्षीय सुरेन लिम्बूलाई ईलाका प्रहरी कार्यालय भेडेटारले नियन्त्रणमा लिएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!