सन्तोष सुवेदी/संगालोखबर

धनकुटा । आदिवासी जनजाति क्रियाशिल पत्रकारिता पुरस्कारबाट धनकुटाकी पत्रकार सर्मिला राई पुरस्कृत भएकी छन् । चौथो जिल्ला अधिवेशनको अवसरमा शनिवार नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) धनकुटाले हिलेस्थित रेडियो लालिगुराँसमा कार्यरत पत्रकार राईलाई पुरस्कृत गरेको हो ।

Advertisement

पत्रकारिताको माध्यमबाट आदिवासी जनजातिहरुको विकासमा योगदान पुर्याएको भन्दै राईलाई पुरस्कृत गरिएको फोनिजका अध्यक्ष सन्तवीर लामाले जानकारी दिए । कार्यक्रममा फोनिजका प्रदेश महासचिव विदुर खवास, केन्द्रिय सल्लाहकार समिति सदस्य सञ्जय सन्तोषी राई, पत्रकार महासंघका अध्यक्ष नगेन्द्र राई, फोनिजका जिल्ला अध्यक्ष सन्तबीर लामा लगायतले पत्रकार राईलाई नगद ५ हजारसहित अविर र दोसल्ला ओढाएर सम्मान पत्र प्रदान गरे ।

यसैबीच, पुरस्कृत पत्रकार राईले पुरस्कार बापत पाएको नगद ५ हजार रकम आदिवासी जनजाति क्रियाशिल पत्रकारिता पुरस्कार कोषमै फिर्ता गरेकी छन् । कोषको विकासमा सहयोग पुर्याउँन आफुले सहयोग गरेको राईले बताइन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!