- संगालोखबर सम्वाददाता
सांकेतिक तस्वीर

सुनसरी । सुनसरीको कोशी गाउँपालिका–८ स्थित भाण्टाबारीमा आज बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । २२ जना घाइते भएका छन् । मृत्यु हुँनेमा सिराहाको धनगढी नगरपालिका–८ का जिवछ यादव छन् ।

पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको को १ ख ४९८८ नंम्बरको बस अनियन्त्रित भई दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । दुर्घटनामा गंभीर घाइते भएका यादवलाई उपचारका लागि जिल्ला अस्पताल इनरुवा ल्याइएको थियो । उपचारकै क्रममा उनको मृत्यु भएको हो ।

यादवको शव परीक्षणका लागि अस्पतालमा राखिएको छ भने घाइते भएका सबैलाई उपचारका लागि विराटनगर लगिएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!