संगालोखबर सम्बाददाता
सांकेतिक तस्वीर

विराटनगर । विराटनगर महानगरपालिका–१५ स्थित १ नम्बर ढाटबाट लागुऔषधसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सुनसरीको धरान उपमहानगरपालिका–१६ का १९ बर्षीय कैलाश मल्लिक छन् ।

भारतबाट नेपालतर्फ आउँदै गरेका मल्लिकलाई लागुऔषध नियन्त्रण ब्युरोबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । प्रहरीले चेकजाँच गर्ने क्रममा उनको साथबाट लागुऔषध नाईट्रोसन १०० ट्याब्लेट फेला पारेको हो ।

Advertisement

पक्राउ परेका मल्लिकको विषयमा इलाका प्रहरी कार्यालय रानीले थप अनुसन्धान गरिरहेको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!