संगालोखबर सम्बाददाता
सांकेतिक तस्वीर

धनकुटा । धनकुटाको महालक्ष्मी नगरपालिका–५ वरडाँडास्थित मध्य पहाडी लोकमार्गमा मोटरसाइकल दुर्घटना हुँदा एक जना घाइते भएका छन् । बुधबार साँझ सवा ५ बजे संखुवासभाबाट धनकुटातर्फ आउँदै गरेको बा. प्रदेश ०३००१ ख १४६६ नम्बरको टिपरसँग सोही दिशाबाट आउँदै गरेको को.३१ प ९८५८ नम्बरको मोटरसाइकल ठोक्किदा दुर्घटना भएको हो ।

दुर्घटनामा मोटरसाइकलको पछाडि सवार भोजपुरको षडानन्द नगरपालिका–१ का २२ बर्षीया रोजिना खड्का घाइते भएकी छन् । उनको बाँया खुट्टामा चोट लागेको छ । धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उनको उपचार भइरहेको प्रहरीले जनाएको छ । मोटरसाइकल चालक षडान्नद–२ का ३१ बर्षीय विराट खड्का घाइतेको उपचारमासँगै गएका छन् ।

Advertisement

मोटरसाइकल, टिपर र टिपर चालक चितवनको राप्ती नगरपालिका–१ का ३० बर्षीय सुजन अर्याललाई प्रहरी चौकी लेगुवाले नियन्त्रणमा लिएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!