- संगालोखबर सम्बाददाता

विराटनगर । विराटनगर महानगरपालिका–१५ बाट प्रतिबन्धित लागऔषधसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सुनसरीको धरान उपमहानगरपालिका–१५ का २१ बर्षीय विशाल खड्का छन् ।

Advertisement

लागुऔषध नियन्त्रण व्यूरो विराटनगरबाट खटिएको टोलीले खड्काले पक्राउ गरेको हो । उनको साथबाट लुपिजेसिक २० एम्पुल, डाईजाल्याब १० एम्पुल, एभिल २० एम्पुल, फेनारगन १० एम्पुल, डाईजोपाम १० एम्पुल, नाईट्रोसन ३० ट्याब्लेट फेला पारेको हो ।

पक्राउ परेका खड्काको ईलाका प्रहरी कार्यालय रानीबाट थप अनुसन्धान भईरहेको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!