संगालोखबर सम्बाददाता

झापा । झापाको मेचिनगर नगरपालिका–६ मेची खोलाबाट लागुऔषध ब्राउन सुगरसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सिन्धुलीको कमलामाई नगरपालिका–१२ का दुर्गा प्रसाद फुयाल छन् ।

Advertisement

आज बिहान पौन १० बजे इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको टोलीले भारतबाट नेपाल तर्फ आउँदै गरेका फुयाललाई लागु औषधसहित पक्राउ गरेको हो । उनको साथबाट १५ ग्राम ब्राउन सुगर बरामद भएको छ ।

पक्राउ परेका फुयालको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!