संगालोखबर सम्बाददाता
सांकेतिक तस्वीर

मोरङ । मोरङमा स्कारपियोको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । मृत्यु हँुनेमा सुनसरीको ईटहरी उप–महानगरपालिका–६ का ३४ बर्षीय शंकर पोख्रेल छन् ।

पथरीशनिश्चरे नगरपालिका–२ जयचोकमा बा २० च २१६२ नम्बरको स्कारपियोले प्रदेश १–०२–०४४ प ९९४२ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको हो । स्कारपियोको ठक्करबाट पोख्रेल घाइते भएका थिए । पथरी अस्पतालमा उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

Advertisement

स्कारपियो र चालक सप्तरीको फत्तेपुर नगरपालिका–१ का २६ बर्षीय रोशन बि.क. लाई ईलाका प्रहरी कार्यालय पथरीले नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!