- संगालोखबर सम्वाददाता
फायल तस्बीर

ताप्लेजुङ । ताप्लेजुङको सिरिजंघा गाउँपालिका–३ बोखिममा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । दुई जना घाइते छन् ।ओरक्पाबाट कुन्जरीतर्फ गोलिया बोकेर जाँदै गरेको मे १ त ६८९३ नम्बरको ट्याक्टर अनियन्त्रित भई दुर्घटना भएको हो ।

दुर्घटनामा ट्याक्टर चालक फुङ्लादिनका २३ बर्षीय अमिन लिम्बु, २५ बर्षीय बसन्त लिम्बु, १५ बर्षीय समिर लिम्बु र १९ बर्षीय सुसन लिम्बु घाइते भएका थिए ।

घाइते बसन्त र अमिनलाई हेलिकप्टरमार्फत उपचारका लगि धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको थियो भने समिर र सुसनलाई एम्बुलेन्समा तेल्लोक प्राथमिक स्वास्थ्य केन्द्र पठाइएको थियो । घाइते मध्ये बसन्त र समिरको उपचारकै क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय तेल्लोकले जनाएको छ । अन्य दुई जनाको उपचार भइरहेको छ ।

ट्याक्टर सडकबाट करिव २०० मिटर तल खसेको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!