
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) मा विराटनगर किंग्सले साविक विजेता जनकपुर बोल्ट्सलाई १३६ रनको लक्ष्य दिएको छ ।
किर्तिपुरस्थित त्रिवि मैदानमा टस जितेको जनकपुरले फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको विराटनगरले ७ विकेटको क्षतिमा १३५ रन बनाएको छ ।
कुनै ब्याटर पनि अर्धशतक प्रहार गर्न नसकेको विराटनगरका लागि शुभन रन्जनेले सबैभन्दा बढी ३७ रन बनाए । यसअघि पहिलो खेलमा साविक विजेता जनकपुर काठमान्डु गोर्खाजसँग पराजित भएको थियो ।

संगालोखबर 













