- संगालोखबर सम्वाददाता

धनकुटा, २६ भदौ । धनकुटामा मंगलबारदेखि १३ औं शहीद भीमनारायण अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप फुटबल प्रतियोगिता सुरु हुने भएको छ ।

प्रतियोगिता आयोजक समितिले पत्रकार सम्मेलन गरी भदौ २७ देखि ३१ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको तयारी पुरा भएको जानकारी दिएको छ । प्रतियोगितामा एक विदेशीसहित ६ टिम सहभागी हुँदैछन ।

Advertisement

भुटानको बि.आर.सि, ब्वाईज युनियन काठमाण्डौं, विर्ता युनाईटेड झापा, वेलवारी एफ.सी. मोरङ, गोधुली क्लव सुनसरी र धनकुटा–११ प्रतियोगितामा सहभागि हुने आयोजक समितिका संयोजक सम्भु प्रधानले जानकारी दिए ।

धनकुटामा पत्रकार सम्मेलन गरी प्रतियोगिताको विषयमा जानकारी दिईदै । तस्वीर: रबिन कटेल/संगालोखबर

स्थानीय टुडिखेलमा मंगलबार हुँने उद्घाटन खेलमा धनकुटा–११ र वेलवारी एफ.सी. आम्नेसाम्ने हुँनेछन ।  उपाधी बिजेताले १ लाख र उप–विजेताले ५० हजार नगद पाउँनेछन ।

०७३ सालमा सञ्चालन हुँनुपर्ने प्रतियोगिताको १३ औं सस्करण अहिले हुन लागेको हो ।

टुडिखेलको स्तरोन्नतीको काम पुरा नभएको र स्थानीय तह निर्वाचनका कारण खेल सञ्चालनमा ढिलाई भएको प्रतियोगिताका प्रचार बिभाग प्रमुख विदुर खवासले जानकारी दिएका छन ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!