- दिवेश खड्का/संगालोखबर

सिधुवा (धनकुटा) । धनकुटाको सिधुवा स्थित सिंहदेवी युथ क्लवले तेह्रथुमको लालिगुँरास नगरपालिकामा सञ्चालित खुल्ला फुटवल प्रतियोगिताको उपाधी हात पारेको छ ।

लालिगुँरास नगरपालिका स्थित चित्रेमा भएको खेलमा ट्राइवेकर मार्फत रियल लसुने क्लवलाई ५–४ गोल अन्तरले हराउँदै सिंहदेवी क्लवले उपाधी जितेको हो ।

Advertisement
उपाधी जितेपछि रनिङ्ग सिल्डका साथमा तस्वीर खिचाउँदै बिजेता सिंहदेवी टिमका खेलाडीहरु । तस्वीरः दिवेश खड्का/संगालोखबर

खेलको २० औं मिनेटमा सांङे सेर्पाले गोल गर्दै सिंहदेवीका लागि गोलको खाता खोलेका थिए । ५९ औं मिनेटमा रियल लसुनेका खेलाडीले गोल फर्काएपछि खेलमा १–१ को वरावरी भयो ।

निर्धारित ९० मिनेटको खेलमा १–१ को वरावरी कायम रहेपछि खेल ट्राइवेकरमा गएको थियो । ट्राइवेकरमा रियल लसुने क्लवलाई ५–४ गोल अन्तरले पराजित गर्दै सिंहदेवीले उपाधी माथि कब्जा जमाएको हो ।

चित्रे स्थित खेल मैदानमा भएको फुटवल प्रतियोगिता हेर्दै दर्शकहरु । तस्वीरः दिवेश खड्का/संगालोखबर

उपाधीसँगै सिंहदेवीले २५ हजार नगदसहित रनिङ्ग सिल्ड पाएको छ भने उप–विजेता रियल लसुने क्लवले १० हजार नगद र प्रमाणपत्रमा चित्त बुझाएको छ ।

साउने संग्रान्तिको अवसर पारेर कन्चनजंघा युवा क्लव चित्रेले प्रतियोगिता आयोजना गरेको हो । ७ दिनसम्म सञ्चालित प्रतियोगितामा उपाधीका लागि ३२ टिम वीच खेल भएको आयोजकले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!