लण्डन । आर्सनलका मिडफिल्डर एलेक्स ओक्सालेड च्याम्बर्लिन प्रिमियर लिग च्याम्पियन चेल्सीसँग अनुबन्धको नजिक पुगेका छन् ।

Advertisement

२४ वर्षीय ओक्सालेड च्याम्बर्लिनले आर्सनलसँग नया करार गर्न अस्वीकार गरेका छन् । उनको करार अर्को वर्ष सकिँदैछ ।

चेल्सीले यस विषयमा प्रतिक्रिया दिन नमाने पनि दुई क्लबबीच स्थानान्तरणका लागि सहमति भइसकेको छ ।

करिब ३.५ करोड पाउण्डमा च्याम्बर्लिन चेल्सी भित्रने बेलायती मिडियाहरुले उल्लेख छ ।

अन्तर्राष्ट्रिय ब्रेक भएको कारण इंग्ल्याण्डको क्याम्पमा उनको मेडिकल हुने बताइएको छ ।

च्याम्बर्लिनले गनर्सका लागि यो सिजन सबै खेलमा शुरुवात गरेका छन् ।

सन् २०११ को अगस्तमा साउथह्याम्पटनबाट आर्सनल आए यता उनले क्लबका लागि १९८ खेल खेलेका छन् ।

चेल्सीका लागि उनी यस सिजन पाँचौ अनुबन्ध हुनेछन् । चेल्सीले यसअघि अल्भारो मोराटा, विली काबालेरो, एन्टोनियो रुडिगर र टिमायु बाकायोकोलाई अनुबन्ध गरेको थियो ।

चेल्सीका प्रशिक्षक एन्टोनियो कोन्टेले बिहिबार ट्रान्सफर विन्डो बन्द हुन अघि अझ केही खेलाडी भित्र्याउने इच्छा जनाएका छन् ।-एजेन्सी

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!