धनकुटा, २७ भदौ । धनकुटामा आजदेखि १३ औं शहीद भीमनारायण अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप फुटबल प्रतियोगिता सुरु हुँदैछ ।

प्रतियोगिताको उद्घाटन खेलमा धनकुटा–११ र वेलवारी एफ.सी. मोरङ  आम्नेसाम्ने हुँदैछन । स्थानीय टुडिखेलमा दिउँसो ३ बजेबाट प्रतियोगिता सुरु हुने आयोजक समिति संयोजक सम्भु प्रधानले संगालोखबरलाई जानकारी दिएका छन ।

Advertisement

प्रतियोगितामा एक विदेशीसहित ६ टिम सहभागी हुँदैछन ।

फाईल तस्वीर

भुटानको बि.आर.सि, ब्वाईज युनियन काठमाण्डौं, विर्ता युनाईटेड झापा, वेलवारी एफ.सी. मोरङ, गोधुली क्लव सुनसरी र धनकुटा–११ प्रतियोगितामा सहभागि छन । प्रतियोगिता भदौ ३१ गतेसम्म सञ्चालन हुदैछ ।

उपाधी बिजेताले १ लाख र उप–विजेताले ५० हजार नगद पाउँने प्रतियोगिताका प्रचार बिभाग प्रमुख विदुर खवासले जानकारी दिएका छन । भीमनारायण गोल्डकपको अफिसियल मिडियाको रुपमा संगालोखबर अनलाईन मिडिया पनि रहेको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!