Sangalo Khabar

मियामी।सिजनको पहिलो एल क्लासिकोमा चिरप्रतिद्वन्द्वी रियल म्याड्रिडलाई पराजित गर्दै प्रिसिजन खेलाइने इन्टरनेसनल च्याम्पियन्स कपको उपाधिमाथि कब्जा जमाएको छ ।

Advertisement

आइतबार बिहान भएको रोमाञ्चक खेलमा बार्सिलोना ३–२ गोलअन्तरले विजयी भएको हो ।

हर्ड रक स्टेडियममा भएको खेलमा खेलको सात मिनेटभित्रनै रियल २–० गोलले पछि परेको थियो । लियोनेल मेस्सी र इभान र्याकिटचले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए ।

तर, लगत्तै माटेयो कोभाचिचले गोल गर्दै बार्सिलोनासँगको दुरी कम गरेका थिए । पहिलो हाफको खेल सकिन ९ मिनेट बाँकी छँदा मार्को असेन्सियोले गोल गर्दै खेल बराबरीमा ल्याएका थिए ।

खेलको दोस्रो हाफमा नेयमारको फ्रिकिकमा जेरार्ड पिकेले गोल गर्दै बार्सिलोनालाई जीत दिलाए ।

योसँगै म्यान्चेस्टर सिटीलाई पछि पार्दै बार्साले उपाधिमाथि कब्जा जमायो भने रियल प्रतियोगितामा जीतविहिन रह्यो ।

रियल यसअघि म्यान्चेस्टर युनाइटेड र म्यान्चेस्टर सिटीसँग पराजित भएको थियो ।

उता, म्यान्चेस्टर सिटीले भने प्रिमियर लिग प्रतिद्वन्द्वी टोटनहम हटस्पर्सलाई पराजित गर्यो ।

रियलविरुद्ध ४–१ को जीतले उत्साहित बनेको सिटीले फेरि उत्कृष्ट प्रदर्शन गर्दै स्पर्सलाई ३–० गोल अन्तरले हरायो ।

सिटीको जीतमा जोन स्टोन, राहिम स्टर्लिङ र ब्राहिम डियाजले एक–एक गोल गरे ।-एजेन्सी

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement