बेल्जियम । ग्रिसलाई हराउँदै बेल्जियम सन् २०१८ को विश्वकपमा छनौट हुने पहिलो युरोपेली टोली बनेको छ । आयोजक रसियासँगै बेल्जियम विश्वकपको समूह चरणमा प्रवेश गरेको हो ।

Advertisement

दोस्रो हाफको खेलमा पाँच मिनेटको अन्तरालमा तीन गोल भएको थियो । जसमा बेल्जियम २–१ ले विजयी बन्न सफल रह्यो ।

खेलको ७० औँ मिनेटमा जान भर्टोगेनले गोल गर्दै बेल्जियमलाई अग्रता दिलाए पनि तीन मिनेटपछि जेकाले गोल गर्दै खेल बराबरीमा ल्याए ।

तर, लगत्तै रोमेलु लुकाकुले गोल गरेपछि बेल्जियमले खेल आफ्नो पक्षमा पार्न सफल रह्यो ।

दुई खेल बाँकी छँदा बेल्जियम समूह एचको शीर्ष स्थानमा ८ अंकको अग्रतासहित रहेको छ ।

बेल्जियमसँगै विश्वकपमा छनौट हुने टोलीमा ब्राजिल, मेक्सिको, इरान र जापान रहेका छन् । रसियाले आयोजकको रुपमा स्वतः विश्वकपमा छनौट भएको छ ।

उता, एडिन जेकोको दुई गोलको मद्दतले गिब्राल्टारलाई ४–० गोलअन्तरले हराउँदै समूहको दोस्रो स्थानमा उक्लन सफल भएको छ ।

समूह बीमा स्वीटजरल्याण्ड शीर्ष स्थानमा कयमै रहेको छ । पोर्चुगलले हंगेरीलाई १–० ले हराउँदा स्वीटजरल्याण्डले लात्भियालाई ३–० ले पराजित गर्यो ।

८ खेलपछि अपराजित स्वीटजरल्याण्डको २४ अंक रहेको छ भने पोर्चुगलको २१ अंक रहेको छ ।हंगेरी १० अंकसहित तेस्रो स्थानमा रहेको छ ।-एजेन्सी

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!