चितवन । चितवनको माडीमा सर्वाधिक धनराशिको फुटवल ‘स्टार कप’ प्रतियोगिताको सेमिफाईनलका खेल आज हुँदैछन् ।

Advertisement

आजको पहिलो खेल 
बसन्तपुर युनाइटेड फुटवल क्लव बसन्तपुर विरुद्ध दियो क्लव माडी राधापुर ।
समय :  १ बजे ।

आजको दोश्रो खेल
ज्ञानज्योती युवा क्लव भैरवपुर विरुद्ध प्रतिभा युवा क्लव सितलपुर ।
समय : ३ वजे

यसअघि हिजो भएको अन्तिम क्वाटरफाईनलमा चैनपुर फुटवल  क्लव चैनपुरलाई ट्राइव्रेकरमा पराजित गदै बसन्तपुर युनाइटेड फुटवल क्लव  विजयी हुदै सेमिफाईनलमा प्रवेश गरेको हो ।

माडीका २५ टिमको सहभागिता रहेको प्रतियोगिताको विजेताले ५५ हजार १ सय ५१ रुपैयाँ, उपविजेताले २६ हजार १ सय ५१ रुपैयाँसहितसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त आयोजक कमिटिका खेल संयोजक अमित लामाले जानकारी दिए ।

उत्कृष्ट गोलरक्षक, उत्कृष्ट मिल्डफिल्डर, सर्वाधिक गोलकर्ता, अनुशासित टिम, अनुशासित खेलाडीहरुलाई नगदसहित सम्मान गर्ने  र   सेमिफाईनलमा पुगेका ४ टिमलाई एक÷एक सेट जर्सी वितरण गरिने आयोजकले बताएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!