हेडिङ्ली । निकै रोमाञ्चक बनेको खेलमा वेस्ट इन्डिजले ३ सय २२ रनको लक्ष्य पछ्याउँदै इंग्ल्याण्डको भूमिमा १७ वर्षपछि टेस्ट म्याच जित्न सफल भएको छ । दोस्रो टेस्टमा वेस्ट इन्डिज ५ विकेटले विजयी भएको हो ।

Advertisement

शाइ होपले नट आउट रहँदै ११८ रन तथा ओपनर केभिन ब्राथवेटले ९५ रन बनाएपछि वेस्ट इन्डिजले अन्तिम दिन जीत निकाल्न सफल भयो । होपले २११ बलमा १४ चौकासहित सो रन बनाए । उनले नै विजयी रन हिर्काएका थिए ।

उता, पहिलो इनिङमा शतक बनाएका ब्राथवेट मोइन अलीको बलमा क्याच आउट भएपछि लगातार दोस्रो शतक बनाउन पाँच रनले चुके ।

होपलाई जर्मेन ब्लाकवुडले ४१ रन बनाउँदै राम्रो साथ दिए ।

पहिलो टेस्टमा इनिङ अन्तरले पराजित भएको वेस्ट इन्डिजका लागि अन्तिम दिनको खेल शुरुवात हुँदा जीत निकै टाढा थियो । उसलाई जीतका लागि अझै ३ सय १७ रन आवश्यक थियो । तर, वेस्ट इन्डिजले चौथोँ इनिङमा २० औँ ठूलो रन पछ्याउँदै टेस्ट श्रृंखला १–१ को बराबरी गर्न सफल रह्यो ।

यसअघि इंग्ल्याण्डले दोस्रो इनिङमा ८ विकेटको क्षतिमा ४ सय ९० रन बनाउँदै इनिङ समाप्तिको घोषणा गर्दै टेस्ट म्याचमा जितहारको विकल्प खुला गरेको थियो ।

पहिलो इनिङमा २५८ रनमा सिमित बनेको इंग्ल्याण्डले दोस्रो इनिङमा सुधारिएको खेल प्रदर्शन गरेको थियो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!