- रबिन कटेल/संगालोखबर

धनकुटा, २७ भदौ । धनकुटामा मंगलबारबाट सुरु भएको १३ औं शहीद भीमनारायण अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप फुटबल प्रतियोगिताको उद्घाटन खेलमा वेलवारी एफ.सी. मोरङ विजयी भएको छ ।

घरेलु मैदानमा आयोजक धनकुटा–११ लाई ४–१ गोल अन्तरले पराजित गर्दै मोरङले बिजयी सुरुवात गरेको हो ।

Advertisement
मोरङका खेलाडीबाट खोसेर बल अघि बढाउँदै धनकुटाका खेलाडी । तस्वीर: देवकला कार्की

वेलवारी एफ.सी.का दिपक राईले खेल सुरुवातको ६ र १७ औं मिनेटमा लगातार दुई गोल गरे ।

वेलवारीकै निसान लिम्बुले २७ औ मिनेटमा गोल थप्दै मध्यान्तर अघि टिमलाई ३–० ले अग्रता दिलाए । निर्धारित ९० मिनेटको खेल सकिन १ मिनेट वाँकी हुँदा आयोजक धनकुटाका अविनास राईले टिमको खाता खोल्दै खेललाई ३–१ मा ल्याएका थिए ।

बल अघि बढाउँदै बेलवारी एफ.सी. मोरङका खेलाडी । तस्वीर: देवकला कार्की

लगत्तै ‘इन्जोरी टाईम’ मा वेलवारीका पुजन उपरकोटीले गोल फर्काउँदा वेलवारी ४–१ ले बिजयी बनेको हो । घरेलु मैदानमा दर्शकको राम्रो साथ पाएको आयोजक धनकुटाले पटक–पटक पाएको राम्रो मौकालाई सदुपयोग गर्न नसक्दा पराजित बन्नु परेको हो ।

धनकुटाको टुडिखेलमा भएको आयोजक धनकुटा र बेलवारी एफ.सी मोरङ वीचको खेल । तस्वीर: ईश्वर थापा

खेलको उत्कृष्ठ खेलाडी मोरङका दिपक राई घोषित हुँदै २ हजार ५ सय नगद पुरस्कार पाएका छन । बुधबारको खेल विर्ता युनाईटेड झापा र गोधुली क्लव सुनसरी वीच हुने प्रतियोगिताका प्रचार बिभाग प्रमुख विदुर खवासले जानकारी दिए ।

भदौ ३१ गतेसम्म सञ्चालन हुँने प्रतियोगितामा एक विदेशीसहित ६ टिम सहभागी छन ।

गोल पोष्टमा बल प्रहार गर्दै खेलाडीहरु । तस्वीर: देवकला कार्की

प्रतियोगिताको बिजेताले १ लाख र उप–विजेताले ५० हजार नगद पाउँने आयोजकले जनाएको छ । धनकुटाबाट सञ्चालित संगालोखबर अनलाईन पनि भीमनारायण गोल्डकपको अफिसियल मिडियाको रुपमा रहेको छ ।

आयोजक धनकुटा–११ र वेलवारी एफ.सी. मोरङ वीचको खेल हेर्नुहोस् …

 

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!