- संगालोखबर सम्वाददाता

धनकुटा, ११ भदौ । भदौ अन्तिम साता धनकुटामा शहिद भीमनारायण अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप फुटवल प्रतियोगिता हुने भएको छ । प्रतियोगिता आयोजक समितिको बैठकले भदौ २७ देखी ३१ गतेसम्म धनकुटाको तल्लो डुडिखेलमा प्रतियोगिताको १३ औं संस्करण सञ्चालन गर्ने निर्णय गरेको हो ।

प्रतियोगितामा नेपालका ‘ए’ डिभिजन टिम र छिमेकी राष्ट्रको १ टिम गरी ६ टिम सहभागि हुनेछन ।  प्रतियोगिता सञ्चालनका लागि बिभिन्न उप–समिति निर्माण गरिएको छ ।

धनकुटाको तल्लो टुडिखेलमा ०७१ सालमा सञ्चालित भीमनारायण गोल्डकप । फाईल तस्वीर: संगालोखबर

गोविन्द राईको संयोजकत्वमा अर्थ, विदुर खवासको संयोजकत्वमा प्रचार–प्रसार, शुक्र लिम्बुको संयोजकत्वमा स्वास्थ्य, रामबहादुर श्रेष्ठको संयोजकत्वमा कार्यक्रम सञ्चालन र रुपेश श्रेष्ठको संयोजकत्वमा स्वयंमसेवक परिचालन समिति गठन गरिएको छ ।

त्यस्तै विनय राईको संयोजकत्वमा मञ्च व्यावस्थापन, सरिन प्रधानको संयोजकत्वमा फिल्ड व्यवस्थापन, सुमन श्रेष्ठको संयोजकत्वमा टिम व्यवस्थापन र म्याच कमिसरमा धिरेन्द्रलाल श्रेष्ठलाई चयन गरिएको आयोजक समिति संयोजक सम्भु प्रधानले जानकारी दिएका छन ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!