Sangalo Khabar

काठमाडौ। आइसीसी यू १९ विश्वकपको एसियाली छनौट अन्तर्गत नेपाली युवा टोलीले मलेसियालाई ५ विकेटले हराएको छ ।

सिंगापुरमा भएको खेलमा मलेसियाले दिएको ९० रनको लक्ष्य नेपालले ५ विकेटको क्षतिमा पूरा गरेको छ ।

Advertisement

नेपालका लागि रोहित कुमार पौडेलले ३४ रन बनाए भने ओपनर सन्दिप सुनार १५ र अनिल शाह १२ रनमा आउट भए ।

नेपालले १० ओभरमा ३६ रन बनाउँदा महत्वपूर्ण तीन विकेट गुमाइसकेको थियो ।

टस हारेर ब्याटिङ गरेको मलेसियाले ३५ दशमलव १ ओभरमा सबै विकेट गुमाउँदै ८९ रनको योगफल मात्रै बनाउन सक्यो ।

मलेसियालाई सस्तैमा समेट्ने क्रममा खेलका म्यान अफ द म्याचसमेत बनेका नेपाली कप्तान सन्दीप लामिछाने एक्लैले ७ विकेट लिए । १० ओभर बलिङ गरेका उनले १ मेडन राख्दै १३ रन खर्चिए ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement