म्युनिख। बायर्न म्युनिखले आफ्नो ट्रफी क्याबिनेटमा अर्को एउटा उपाधि थप गरेको छ । प्रिसिजन खेलिने टेलिकम कपमा वेर्डर ब्रेमनलाई २–० ले हराउँदै बायर्नले उपाधिलाई रक्षा गरेको हो ।

ट्रफीभन्दा पनि खेलको आकर्षण भने नयाँ अनुबन्ध गरिएका खेलाडी हामेज रोड्रिग्वेज बनेका थिए । दुई वर्षे ऋण सम्झौतापछि उनी रियल म्याड्रिडबाट बायर्न आइपुगेका हुन् ।

Advertisement

खेलमा उनी चाँडै नै बायर्नको टोलीमा घुलमिल भइसकेको देखिएको थियो र उनले नम्बर १० को भूमिका कुशलताका साथ निभएका थिए ।

खेलमा थोमस मुलर र हुवान बर्नाटले गोल गर्दै बायर्नलाई विजयी बनाए ।

खेलमा अर्का नयाँ अनुबन्ध कोरेन्टिन टोलिसोले पनि डेब्यु गरे । लियोनबाट उनी ३ करोड ५० लाख पाउण्डमा बायर्न भित्रिएका हुन् ।-एजेन्सी

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!