
विराटनगर । विराटनगरबाट लागूऔषध ब्राउन सुगरसहित दुई महिला पक्राउ परेका छन् । विराटनगर-१७ मटेरुवा हुँदै भारतबाट नेपालतर्फ आउँदै गरेका उनीहरूलाई आज बिहान ११ः३० बजे प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा भारतको जोगवनीकी २५ वर्षीया लिजा खातुन र सोही स्थानकी ४० वर्षीया जुली खातुन छन् । उनीहरूलाई शंका लागेर चेकजाँच गर्दा साथबाट ९० ग्राम ८५० मिलिग्राम ब्राउन सुगर बरामद भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी मकेन्द्रकुमार मिश्रले जानकारी दिए ।
पक्राउ परेका दुवै जनालाई इलाका प्रहरी कार्यालय रानीमा राखिएको छ । उनीहरूमाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

संगालोखबर 














