संगालोखबर

विराटनगर । विराटनगरको कञ्चनवारीस्थित आर्या न्युरो हस्पिटलले मोरङ प्रहरीलाई कम्प्युटर सहयोग गरेको छ । हस्पिटलले सामाजिक उत्तरदायित्वअन्तर्गत आज प्रहरी कार्यालयलाई दुई थान कम्प्युटर हस्तान्तरण गरेको हो ।

हस्पिटलका निर्देशक दिनेश ठाकुरले मोरङ प्रहरी प्रमुख एसपी कवित कटवाललाई कम्प्युटर हस्तान्तरण गरेका छन् । हस्पिटलका निर्देशक ठाकुरले जनताको सुरक्षामा खटिने प्रहरीलाई आवश्यक स्रोतसाधनमा सहयोग पुर्याउने उद्देश्यले कम्प्युटर प्रदान गरिएको जानकारी दिए ।

‘प्रहरीले नागरिकको सुरक्षाका लागि निरन्तर काम गरिरहेको छ । प्रहरीको कामलाई सहज बनाउन सकिने क्षेत्रमा सहयोग गर्नु हाम्रो सामाजिक उत्तरदायित्व हो’, ठाकुरले भने, ‘आगामी दिनमा पनि आवश्यकता र सम्भावनाअनुसार सहयोगलाई निरन्तरता दिनेछौँ ।’

हस्पिटलबाट प्राप्त कम्प्युटरले प्रहरी कार्यालयको दैनिक प्रशासनिक तथा अभिलेख व्यवस्थापनसम्बन्धी काममा सहयोग पुग्ने एसपी कटवालले बताए । उनले सामाजिक उत्तरदायित्वअन्तर्गत हस्पिटलले गरेको सहयोगप्रति धन्यवाद व्यक्त गर्दै प्रहरीको सेवा प्रवाहलाई थप प्रभावकारी बनाउन यस्ता सहयोगले भूमिका खेल्ने उल्लेख गरे ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!