
विराटनगर । इलाममा बोलेरो दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा बोलेरो चालक देउमाई नगरपालिका-१ चमैताका ३५ वर्षीय तीर्थराज बस्नेतको मृत्यु भएको हो ।
देउमाई नगरपालिका-१ साधुगाउँबाट देउरालीतर्फ जाँदै गरेको प्र १-०१-००१ ज ३७०६ नम्बरको बोलेरो पल्टिँदा चालक थिचिएका थिए । ‘रातिको घटना जस्तो छ ।

हामीलाई बिहान ६ बजेतिर मात्रै जानकारी आयो’, इलाम प्रहरीका इन्स्पेक्टर मौसम उदासले संगालोखबरसँग भने, ‘घटनास्थलमा पुगेर हेर्दा चालक थिचिएको अवस्थामा मृत फेला परेका हुन् ।’
उनका अनुसार गाडीमा चालक मात्रै सवार थिए । घटनास्थलमा पुगेको प्रहरी टोलीले कानुनी प्रक्रिया पूरा गरेर शव पोष्टमार्टमका लागि पठाएको छ । दुर्घटनाको कारण खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ ।

संगालोखबर 














