ग्रामथान उपनिर्वाचन : उम्मेद्वार छानेर चुनावी अभियानमा होमिए दलहरू

ग्रामथान उपनिर्वाचन : उम्मेद्वार छानेर चुनावी अभियानमा होमिए दलहरू

विराटनगर । मोरङको ग्रामथान गाउँपालिकामा चुनावी सरगर्मी बढेको छ । अध्यक्ष पदका लागि हुने उपनिर्वाचनमा प्रमुख दलहरू उम्मेदवारको टुङ्गो लगाएर चुनावी अभियानमा होमिएका छन् । उम्मेदवारको टुङ्गो लागेसँगै दलहरूले मतदातालाई आफ्नो पक्षमा पार्न चुनावी गतिविधिलाई तीव्रता दिएका हुन् । उनीहरूले घरदैलो अभियानसँगै चुनावी प्रचारप्रसार तिव्र पारेका छन् । ग्रामथानमा सबैभन्दा पहिला नेकपा माओवादी केन्द्रले उम्मेदव...
उद्योग सङ्गठन मोरङलाई एशिया प्रशान्तको उत्कृष्ट चेम्बर अवार्ड 

उद्योग सङ्गठन मोरङलाई एशिया प्रशान्तको उत्कृष्ट चेम्बर अवार्ड 

विराटनगर । उद्योग सङ्गठन मोरङले एशिया प्रशान्तको उत्कृष्ट चेम्बर अवार्ड प्राप्त गरेको छ । २७ वढी देशका ८१ वटा औद्योगिक र व्यापारिक चेम्बरलाई पछि पार्दै मोरङले अवार्ड जितेको हो । उद्योग सङ्गठन मोरङले क्यासी अवार्ड लोकल चेम्बर, विग क्याटेगोरी उत्कृष्ट चेम्बरको अवार्ड र दुई हजार डलर प्राप्त गर्न सफल भएको छ । कन्फेडेरेशन अफ एशिया प्यासिफिक चेम्बर अफ कमर्स एण्ड इन्डष्ट्रिज र सिङ्गापुर म्यानुफ्याक्चर...
कोशीमा बन्यो दुई दलीय संयन्त्र, यस्ता छन् निर्णय

कोशीमा बन्यो दुई दलीय संयन्त्र, यस्ता छन् निर्णय

विराटनगर । कोशी प्रदेशमा दुई दलीय संयन्त्र निर्माण गरिएको छ । सत्तारुढ नेकपा एमाले र नेपाली काङ्ग्रेसको संयन्त्र निर्माण गरिएको हो । दुई दलीय संयन्त्रमा कोशीका संस्थापक मुख्यमन्त्री तथा एमाले कोशी प्रदेश इन्चार्ज शेरधन राईको अध्यक्षतामा बसेको बैठकले विभिन्न निर्णयहरू गरेको छ । संयन्त्रमा एमालेका तर्फबाट प्रदेश इन्चार्ज शेरधन राई, मुख्यमन्त्री हिक्मतकुमार कार्की र पार्टीका प्रदेश अध्यक्ष घनश्याम...
धरानबाट ३०७ किलो गाँजासहित पक्राउ परे कृषि फर्म सञ्चालक राई 

धरानबाट ३०७ किलो गाँजासहित पक्राउ परे कृषि फर्म सञ्चालक राई 

सुनसरी । सुनसरीको धरान उपमहानगरपालिका-१७ खैरेनीबाट गाँजासहित कृषि फर्मका सञ्चालक पक्राउ परेका छन् । सुप्रिम एग्रिकल्चर कृषि फर्मका सञ्चालक धरान-१३ का ४४ वर्षीय मनिराज राई ३०७ किलो गाँजासहित पक्राउ परेका हुन् ।  कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर र इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले कृषि फर्मबाट गएराति गाँजा बरामद गरेको हो ।  गाँजाको कारोबार भइरहेको भन्ने विशेष सूचनाका आधारमा ...
आठ किलो गाँजासहित दुई जना पक्राउ

आठ किलो गाँजासहित दुई जना पक्राउ

विराटनगर । मोरङको विराटनगर र कटहरीबाट लागूऔषध गाँजासहित दुई जना पक्राउ परेका छन् । गाँजाको कारोबार भइरहेको जानकारी पाएपछि खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय मोरङको टोलीले कटहरी गाउँपालिका-१ का ४१ वर्षीय गोपालकुमार राजवंशीको घरबाट पाँच किलो गाँजा बरामद गरेको छ । घरको कोठाभित्र प्लाष्टिकमा पोको पारेर राखेको गाँजासहित राजवंशीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ...
काँकडभिट्टा नाकाबाट पाँच अर्ब भन्दा बढीको प्लाइबोर्ड भारत निर्यात

काँकडभिट्टा नाकाबाट पाँच अर्ब भन्दा बढीको प्लाइबोर्ड भारत निर्यात

झापा । झापाको काँकडभिट्टा नाकाबाट ५ अर्ब भन्दा बढीको भेनियर पत्ती र प्लाइबोर्ड भारत निर्यात भएको छ । २०७९ साउन १ गतेदेखि २०८१ असोज मसान्तसम्म ५ अर्ब ९२ करोड ५ लाख ९२ हजार मूल्य बराबरको भेनियर पत्ती र प्लाइबोर्ड भारत निर्यात भएको मेची भन्सार कार्यालयले जनाएको छ । पहाड क्षेत्रमा पाइने उत्तिस, कदम, मौवा लगायत कमसल मानिने ‘कु-काठ’ बाट भेनियर पत्ती र प्लाइबोर्ड बन्ने गरेको छ । गोलिया काठबाट भेनियर प...
धनकुटाका कृषि वैज्ञानिक पौडेलको निधन

धनकुटाका कृषि वैज्ञानिक पौडेलको निधन

धनकुटा । धनकुटाको पाख्रीवासस्थित कृषि अनुसन्धान केन्द्रमा कार्यरत कृषि वैज्ञानिक डा.कृष्ण पौडेलको निधन भएको छ । पाख्रीवास नगरपालिका-३ चेतनामार्ग घर भएका ४२ वर्षीय पौडेलको डेंगु संक्रमणबाट निधन भएको छिमेकी नगेन बस्नेतले जानकारी दिए । केही दिन अघिदेखि ज्वरो आएपछि उनलाई उपचारका लागि धनकुटा जिल्ला अस्पताल ल्याइएको थियो । जिल्ला अस्पतालबाट थप उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्र...
समाज बदल्न एमालेको जित आवश्यक छ : शंकर पोखरेल

समाज बदल्न एमालेको जित आवश्यक छ : शंकर पोखरेल

विराटनगर । नेकपा एमालेका महासचिव शंकर पोखरेलले समाज बदल्न एमालेको जित आवश्यक रहेको बताएका छन् । एमाले मोरङले ग्रामथान गाउँपालिकामा आयोजना गरेको जिल्ला स्तरीय कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रममा सम्बोधन गर्दै पोखरेलले यस्तो बताएका हुन् । उनले स्थानीय तहमा आधुनिक विकाससँगै प्रविधिको प्रयोग बढाउनु पर्ने बताए । उनले उपनिर्वाचन एमालेको मिसन ८४ का लागि ठुलो अवसर भएको उल्लेख गरे । यसका लागि पार्...
विराटनगर किङ्ग्सको ट्यालेन्ट हन्ट झापामा सम्पन्न

विराटनगर किङ्ग्सको ट्यालेन्ट हन्ट झापामा सम्पन्न

विराटनगर । नेपाल प्रिमियर लिग (एनपीएल) का लागि विराटनगर किङ्ग्सको ट्यालेन्ट हन्ट झापामा सम्पन्न भएको छ । कोशी प्रदेशका पाँच जिल्लामा हुने ट्यालेन्ट हन्ट इलाम पछि झापामा सम्पन्न भएको हो । झापाको बिर्तामोडको युनाइटेड क्लबमा एक सय बढी खेलाडीहरूबीच ट्यालेन्ट हन्ट आज सकिएको हो । टिमका क्रिकेट कोच लाक्पा लामा र दिपेन्द्र चौधरीले झापाबाट पाँच जना खेलाडी छनोट गरेका छन् । छानिएका खेलाडीलाई विराटनगरमा ह...
पाथिभरामा डिजिटल माध्यमबाट भेटी चढाउन मिल्ने

पाथिभरामा डिजिटल माध्यमबाट भेटी चढाउन मिल्ने

ताप्लेजुङ । ताप्लेजुङको पाथीभरा मन्दिरमा डिजिटल माध्यमबाट भेटी चढाउन मिल्ने व्यवस्था मिलाइएको छ । ताप्लेजुङ स्थित लक्ष्मी सनराइज बैँकसँगको सहकार्यमा पाथीभरा क्षेत्र विकास समितिले भक्तजनका लागि डिजिटल माध्यमबाट भेटी चढाउन मिल्ने व्यवस्था मिलाएको हो । पाथीभरा क्षेत्र विकास समितिले लक्ष्मी सनराइज बैँकमा भेटी खाता सञ्चालन गरेको छ । अब खाताको ‘क्यूआर कोड’ मार्फत भक्तजन र दाताहरूले भेटी जम्मा गर्न सक...
छिन्ताङ हत्याकाण्डका सहिदहरूको स्मृति दिवस भोलि, सहिदभूमिमा स्थानीय बिदा

छिन्ताङ हत्याकाण्डका सहिदहरूको स्मृति दिवस भोलि, सहिदभूमिमा स्थानीय बिदा

धनकुटा । २०३६ सालमा भएको छिन्ताङ हत्याकाण्डका सहिदहरूको स्मृति दिवसको अवसरमा सहिदभूमि गाउँपालिकाले भोलि बुधबार पालिका क्षेत्रमा स्थानीय बिदा दिएको छ । सहिदहरूको सम्मानमा हरेक वर्ष बिदा दिँदै आएको गाउँपालिकाले यो वर्ष पनि त्यसलाई निरन्तरता दिएको हो । गाउँपालिका अध्यक्ष मनोज राईको अध्यक्षतामा गत कात्तिक १३ गते बसेको कार्यपालिका बैठकले बिदा दिने निर्णय गरेको थियो । गाउँपालिकाको तर्फबाट प्रमुख प्रश...
के हुन्छ पूर्वमन्त्री अधिकारीको सांसद पद ?

के हुन्छ पूर्वमन्त्री अधिकारीको सांसद पद ?

विराटनगर । कोशी प्रदेशका निवर्तमान आन्तरिक मामिला तथा कानुनमन्त्री लिलाबल्लभ अधिकारी अहिले चर्चाको शिखरमा छन् । जापान भ्रमण प्रकरणले चर्चित बनेका अधिकारी अहिले प्रहरी हिरासतमा छन् । लिखत तथा मानव बेचबिखन सम्बन्धी कसुर मुद्दामा पक्राउ परेका अधिकारीको सांसद पद के होला ? भन्ने धेरैको चासो छ । हिजो कोशी प्रदेश सभाले सांसद अधिकारी पक्राउ परेको सूचना टाँस गरिसकेको छ । तर उनको सांसद पद निलम्बन नभएको ...
पर्यटकीय सम्भावना बोकेको लेगुवा झरना ओझेलमा

पर्यटकीय सम्भावना बोकेको लेगुवा झरना ओझेलमा

धनकुटा । धनकुटाको महालक्ष्मी नगरपालिका-२ र ३ स्थित चोक्ताङमा रहेको लेगुवा झरना ओझेलमा परेको छ । भौतिक पूर्वाधार र प्रचारप्रसारको अभावले झरना ओझेलमा परेको हो । लेगुवा झरना नजिकै धोबीखोला र झाँक्री झरना पनि छन् । जसले यो स्थानको रौनकता बढाएको छ । तर पर्यटनको प्रचुर सम्भावना बोकेर पनि यो स्थान भौगोलिक विकटताका कारणले पछि परिरहेको छ । पछिल्लो समय फाट्टफुट्ट मानिसहरू झरनाको अवलोकनका लागि आउन थालेका...
साना दललाई पाखा लगाउन काँग्रेस-एमाले मिलेका हैनन् : महासचिव पोख्रेल 

साना दललाई पाखा लगाउन काँग्रेस-एमाले मिलेका हैनन् : महासचिव पोख्रेल 

विराटनगर । नेकपा एमालेका महासचिव शंकर पोखरेलले काँग्रेस एमाले मिलेर सरकार बनाउनुमा साना दललाई पाखा लगाउने नियत नभएको बताएका छन् । विराटनगर विमानस्थलमा आज बिहान पत्रकारहरूसँग कुरा गर्दै महासचिव पोखरेलले साना दललाई पाखा लगाउने उद्देश्य नलिइएको स्पष्ट पारेका हुन् । तर, साना दलले म्याजिक नम्बर पायौँ भन्दै शासन गर्ने परम्परा अन्त्य गर्नुपर्ने उनले बताए । राजनीति मैदानमा होमिएका जुनसुकै दलले आफूलाई ब...
सुनसरीको बराहक्षेत्रमा एकादशी मेला शुरु, पाँच लाख तीर्थालु आउने अनुमान

सुनसरीको बराहक्षेत्रमा एकादशी मेला शुरु, पाँच लाख तीर्थालु आउने अनुमान

सुनसरी । सुनसरीको बराहक्षेत्रमा हरिबोधनी एकादशी मेला आजबाट सुरु भएको छ । ३० गतेसम्म लाग्ने मेलामा नेपालसहित भारतका विभिन्न स्थानबाट तीर्थयात्री आउने गर्दछन् । चार दिनसम्म लाग्ने मेलालाई लक्षित गरेर आवश्यक तयारी गरिसकिएको बराहक्षेत्र मन्दिर गुठी व्यवस्थापन समितिले जनाएको छ । प्रत्येक वर्ष मेलामा उल्लेख्य भक्तजनहरूको सहभागिता हुने गरेको छ । बराहक्षेत्रलाई संसारको चारधामको रूपमा लिने भएकाले मेला ...
सहिदभूमिका युवा एक महिनादेखि बेपत्ता

सहिदभूमिका युवा एक महिनादेखि बेपत्ता

धनकुटा । धनकुटाको सहिदभूमि गाउँपालिका-२ छिन्ताङका युवा हरी कार्की एक महिना अघिदेखि बेपत्ता छन् । गुठिखेत घर भएका २७ वर्षीय कार्की गत असोज २७ गतेबाट परिवारसँग सम्पर्कविहीन भएका हुन् । परिवार स्रोतका अनुसार दशैं टीकाको दिनसम्म उनी घरमै थिए । टीकाको भोलिपल्टबाट उनी बेपत्ता भएको हरीका दाजु रुद्रबहादुरले जानकारी दिए । ‘टीकाको भोलिपल्टबाट भाइ सम्पर्कमा छैन, कहाँ छ, के भयो केही अत्तोपत्तो छैन,’ दाजु र...
कोशीका सांसद अधिकारी पक्राउ बारे प्रदेश सभाले निकाल्यो सूचना

कोशीका सांसद अधिकारी पक्राउ बारे प्रदेश सभाले निकाल्यो सूचना

विराटनगर । कोशी प्रदेशका पूर्वमन्त्री तथा प्रदेशसभा सदस्य लिलाबल्लभ अधिकारी पक्राउ परेको बारे प्रदेशसभा सचिवालयले सूचना टाँस गरेको छ ।   आज कोशी प्रदेशसभाका कार्यवाहक सचिव गौतमराज अमात्यले सूचना जारी गरेका हुन् । सूचनामा लिखत तथा मानव बेचबिखन सम्बन्धी कसुरमा काठमाडौँ जिल्ला अदालतबाट प्रदेश सभा सदस्य अधिकारीविरुद्ध पक्राउ अनुमति जारी भएको उल्लेख गरिएको छ । अधिकारीलाई पक्राउ थरी थप अनुसन्धानका ल...
गाउँमै डेरी खुलेपछि महालक्ष्मीका कृषक हर्षित

गाउँमै डेरी खुलेपछि महालक्ष्मीका कृषक हर्षित

धनकुटा । धनकुटाको महालक्ष्मी नगरपालिका-२ स्थित मूलखर्कका कृषक दूध बेच्न घण्टौँ हिँड्नुपर्थ्यो । डेरी टाढा भएकाले हिँड्नु उनीहरूको बाध्यता थियो । स्थानीय सिताराम कटवालले डेरी सञ्चालनमा ल्याएपछि भने दुग्ध कृषकको बाध्यता हटेको छ । करिब तीन वर्ष अघि कटवालले एक सय ५० लिटर दूध सङ्कलन गर्न सक्ने गरी डेरी सञ्चालन गरेका थिए । अघिले दैनिक आठ सय लिटरभन्दा बढी दूध सङ्कलन गर्न थालेका छन् । उनले स्थानीय दुई ...
ग्रामथान उपनिर्वाचन : प्रमुख दलले टुङ्ग्याए उम्मेदवार

ग्रामथान उपनिर्वाचन : प्रमुख दलले टुङ्ग्याए उम्मेदवार

विराटनगर । मोरङको ग्रामथान गाउँपालिकामा अध्यक्ष पदको लागि हुने उपनिर्वाचनका लागि प्रमुख दलहरूले उम्मेदवारको टुङ्गो लगाएका छन् । मंसिर १६ गते हुने उपनिर्वाचनका लागि दलहरूले उम्मेदवार टुङ्गो लगाएर प्रचारप्रसार तीव्र बनाएका छन् । नेपाली काङ्ग्रेसले बलराम सरदारलाई उम्मेदवार बनाएको छ । पालिका कमिटीबाट ११ जनाको नाम सिफारिस भएकोमा काङ्ग्रेसले सरदारलाई उम्मेदवार बनाएको हो । माओवादी केन्द्रले पूर्ववडाध...
ब्राउन सुगरसहित पाँच जना पक्राउ

ब्राउन सुगरसहित पाँच जना पक्राउ

विराटनगर । मोरङ र सुनसरीबाट ब्राउन सुगरसहित पाँच जना पक्राउ परेका छन् । हिजो साँझ अस्थाई प्रहरी पोष्ट भेडियारीबाट खटिएको प्रहरी टोलीले दुई जनालाई पक्राउ गरेको छ । विराटनगर-१७ मटेहर्वाबाट विराटनगर-११ का ३७ वर्षीय राजेन्द्र पोखरेल र विराटनगर-१० का ४२ वर्षीय कुशल थापालाई ५९० मिलिग्राम ब्राउन सुगरसहित प्रहरीले पक्राउ गरेको हो । लागूऔषध नियन्त्रण ब्युरो विराटनगरबाट खटिएको प्रहरी टोलीले विराटनगर-१...
धरान आउँदै प्रधानमन्त्री ओली

धरान आउँदै प्रधानमन्त्री ओली

सुनसरी । प्रधानमन्त्री केपी शर्मा ओली आज धरान आउँदैछन् । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको दीक्षान्त समारोहका लागि प्रधानमन्त्री ओली धरान आउन लागेका हुन् । प्रतिष्ठानका कुलपतिसमेत रहेका प्रधानमन्त्री ओली बिहान १० बजे विराटनगर विमानस्थल हुँदै धरान आउने सुनसरीका प्रहरी प्रवक्ता डीएसपी रामप्रसाद तिमल्सिनाले जानकारी दिए । ‘प्रधानमन्त्रीज्यू बिहान १० बजे विराटनगर एयरपोर्ट हुँदै धरान आउँदै ...
उर्लाबारीबाट दुई लाख ५० हजार मूल्य पर्ने अवैध कपडा बरामद

उर्लाबारीबाट दुई लाख ५० हजार मूल्य पर्ने अवैध कपडा बरामद

विराटनगर । जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले भन्सार छलेर ल्याउँदै गरेको कपडा बरामद गरेको छ । हिजो उर्लाबारी-४ बक्रा पुल स्थित पश्चिमबाट पूर्वतर्फ गइरहेको को १ ह ६३०९ नम्बरको अटोबाट कपडा बरामद गरिएको हो । मोरङ प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक वेद प्रकाश जोशीका अनुसार विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले चेकजाँचका क्रममा कपडा फेला पारेको थियो । दुई लाख ५० हजार मूल्य ...
कोशीमा कहाँ-कहाँ हुँदैछ उपनिर्वाचन ? 

कोशीमा कहाँ-कहाँ हुँदैछ उपनिर्वाचन ? 

विराटनगर । कोशी प्रदेशमा एक पालिका अध्यक्ष, एक जिल्ला समन्वय समिति प्रमुख र सात वडाध्यक्षको लागि उपनिर्वाचन हुँदैछ । विभिन्न कारणले रिक्त रहेका पदमा उम्मेदवारको टुङ्गो लगाउन दलहरू जुटिरहेका छन् । मोरङको ग्रामथान गाउँपालिकामा अध्यक्ष पदका लागि उपनिर्वाचन हुँदैछ । नेपाली काङ्ग्रेसबाट निर्वाचित पालिकाका अध्यक्ष जयप्रकाश गच्छदारको मृत्यु भएपछि रिक्त रहेको पदमा उपनिर्वाचन हुन लागेको हो । झापाको कन्...
कोशीका पूर्वमन्त्री अधिकारीलाई काठमाडौं लगिदैँ 

कोशीका पूर्वमन्त्री अधिकारीलाई काठमाडौं लगिदैँ 

विराटनगर । मानव तस्करीको आरोपमा पक्राउ परेका कोशी प्रदेशका पूर्वमन्त्री लिलाबल्लभ अधिकारीलाई काठमाडौं लगिदैँछ । उनलाई अहिले २ः३० बजे विराटनगर विमानस्थलबाट काठमाडौं लान लागिएको मोरङ प्रहरी प्रमुख एसपी नारायण चिमरियाले जानकारी दिए । अहिले पूर्वमन्त्री अधिकारीलाई विराटनगर विमानस्थलमा राखिएको छ । आज केहीबेर अघि आफ्नै निवासबाट पक्राउ परेका अधिकारीले अनुसन्धानलाई सहयोग पुर्‍याउन हिँडेको प्रतिक्रिया द...
सङ्खुवासभाको भीरमा भेटियो शव, हत्या आरोपमा एक जना पक्राउ 

सङ्खुवासभाको भीरमा भेटियो शव, हत्या आरोपमा एक जना पक्राउ 

सङ्खुवासभा । सङ्खुवासभाको चिचिला गाउँपालिका-३ का ३६ वर्षीय विकास राईको शव भीरमा भेटिएको छ । आपराधिक पृष्ठभूमिका उनको शव भीरमा भेटिएको प्रहरीले जनाएको छ । चिचिला गाउँपालिका-३ स्थित भीरबाट सडेको अवस्थामा उनको शव निकालिएको सङ्खुवासभा प्रहरीले जनाएको छ । हिजो साँझ भीरमा शव रहेको थाहा भएपनि आज बिहान मात्रै शव निकालिएको हो । घटनाको प्रकृति हेर्दा हत्या गरेर भीरबाट शव फ्याँकेको प्रष्ट हुने प्रहरीले ज...
मानव तस्करको आरोपमा पूर्वमन्त्री अधिकारी पक्राउ 

मानव तस्करको आरोपमा पूर्वमन्त्री अधिकारी पक्राउ 

विराटनगर । कोशीका पूर्वमन्त्री लिलाबल्लभ अधिकारी पक्राउ परेका छन् । मानव तस्करको आरोप लागेका अधिकारीलाई विराटनगरस्थित निवासबाट पक्राउ गरिएको हो । उनलाई आज केहीबेरमा विमानमार्फत काठमाडौं लग्ने तयारी भइरहेको छ । मन्त्रिपरिषदबाट भ्रमण स्वीकृत नगराई जापान गएका उनलाई मानव तस्करको आरोप लागेको छ ।
ओझेलमा लेगुवा झरना (फोटो फिचर) 

ओझेलमा लेगुवा झरना (फोटो फिचर) 

धनकुटा । धनकुटाको महालक्ष्मी नगरपालिका-२ र ३ को सिमानामा रहेको लेगुवा झरना ओझेलमा परेको छ । प्रचारप्रसार र संरक्षणको अभावमा यो झरना ओझेलमा परेको हो । स्थानीय सरकारले प्रचारप्रसार र संरक्षणमा ध्यान दिएमा यो स्थान पर्यटकीय गन्तव्य बन्ने निश्चित छ । तस्बिर : सन्तोष सुवेदी/संगालोखबर
३८ हजार गाँजाको बोट फडानी गरी नष्ट

३८ हजार गाँजाको बोट फडानी गरी नष्ट

विराटनगर । धनकुटा र भोजपुरमा अवैध रूपमा लगाइएको गाँजा प्रहरीले फडानी गरेर नष्ट गरेको छ । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको सुरक्षा सुनिश्चितता अभियान २०८१ अन्तरगत गाँजाको बोट नष्ट गरिएको हो । अवैध रूपमा लगाइएको र आफैँ उम्रिएका ३८ हजार गाँजाको बोट फडानी गरेर नष्ट गरिएको प्रहरीले जनाएको छ । हिजो इलाका प्रहरी कार्यालय छिन्ताङ, भेडेटार, प्रहरी चौकी आँखीसल्ला र त्रिवेणीबाट खटिएको प्रहरी टोलील...
पाथीभरामा केबलकार निर्माणको विषयमा विवाद हुँदा झडप

पाथीभरामा केबलकार निर्माणको विषयमा विवाद हुँदा झडप

विराटनगर । पूर्वको प्रसिद्ध धार्मिकस्थल पाथिभरामा केबलकार बनाउने विषयमा दुई पक्षबीच झडप भएको छ । आज दिउँसो केबलकारको स्टेसन बनाउनलाई शिलान्यास कार्यक्रम राखिएको थियो । तल्लोफेदीस्थित काफ्ले पाटीमा राखिएको शिलान्यास कार्यक्रममा केबलकार बनाउन दिने र नदिने पक्षबीच झडप भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ । नेकपा एमालेका जिल्ला अध्यक्ष डम्बरध्वज तुम्बाहाम्फे, फुङलिङ नगरपालिकाका मेयर अम...
धनकुटामा मासिँदै चौतारा र वरपीपल

धनकुटामा मासिँदै चौतारा र वरपीपल

धनकुटा । केही वर्ष पहिलासम्म पितृको सम्झनामा पाटीपौवा र चौतारा बनाउने चलन थियो । उक्त स्थानमा वर पीपल पनि रोपिन्थ्यो । तर पछिल्लो समय यो चलन हराउँदै गएको छ । विकास निर्माण, बढ्दै गएको आधुनिकता, शहरीकरण र यातायातको विस्तारले नेपालीको मौलिक संस्कृति तथा परम्परा लोप हुँदै गएको हो । धनकुटाका धेरै स्थानमा निर्माण भएका पाटीपौवा र चौतारा संरक्षण अभावमा जीर्ण बन्दै गएका छन् । रोपिएका वरपीपल पनि मासिन थ...
झापामा जुवा खालबाट १८ जना पक्राउ

झापामा जुवा खालबाट १८ जना पक्राउ

झापा । झापामा जुवा खेलिरहेको अवस्थामा १८ जनालाई प्रहरीले पक्राउ गरेको छ । शिवसताक्षी नगरपालिका-११ नहर चोक स्थित चन्द्रमणि रिमालको घरमा जुवा खेलिरहेको अवस्थामा उनीहरू पक्राउ परेका हुन् । हिजो इलाका प्रहरी कार्यालय लाई इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो । शिवसताक्षी-५ का मुकेश राउत, गौरीगञ्ज गाउँपालिका-१ का ४७ वर्षीय हरी राजवंशी, शिवसताक्षी-११ का ६२ वर्षीय...
error: Content is protected !!