कोशीमा स्वास्थ्य मन्त्रालयले खरिद गरेका उपकरण बिग्रिए
विराटनगर । कोशी प्रदेशमा स्वास्थ्य मन्त्रालयले खरिद गरेका उपकरण बिग्रिएका पाइएको छ । भौतिक पूर्वाधारसँगै स्वास्थ्य मन्त्रालयको समेत जिम्बेवार सम्हालिरहेका मन्त्री भूपेन्द्र राईले बिहीबार मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै विभिन्न उपकरण बिग्रिएका पाइएको जानकारी गराएका हुन् ।
जिल्ला अस्पताल झापा, उदयपुर, सोलुखुम्बु, खोटाङ, तेह्रथुम, संखुवासभा, ओखलढुङ्गा, पाँचथर र मदन भण्डारी ट्रमा सेन्टर मंगलबारेक...



























