छोरीहरूलाई विष खुवाएर मारेको अस्मिताको स्वीकारोक्ति
विराटनगर । मोरङको सुन्दरहरैँचाकी अस्मिता पौडेल कार्कीले छोरीहरूलाई विष खुवाएर मारेको स्वीकार गरेकी छन् । सुन्दरहरैँचा-७ स्थित केराघारीमा छोरीहरू एक वर्षीया आइङ्का र तीन वर्षकी अर्पना मृत फेला परेको चार दिनपछि आज बिहान पक्राउ परेकी उनले विष खुवाएर हत्या गरेको प्रहरी समक्ष स्वीकार गरेकी हुन् ।
झापाको बिर्तामोडबाट पक्राउ गरेर ल्याइएकी अस्मितालाई जिल्ला प्रहरी कार्यालय मोरङले आज पत्रकार सम्मेलनमा...






























