हाम्रो बोलीवचन तथा व्यवहार राम्रो हुनुपर्छ : प्रहरी महानिरीक्षक थापा
धनकुटा । जिल्ला प्रहरी कार्यालय धनकुटाको नवनिर्मित भवन उद्घाटन गरिएको छ । धनकुटा नगरपालिका-५ बिच बजारमा निर्मित भवनको आज प्रहरी महानिरीक्षक दीपक थापाले उद्घाटन गरेका हुन् ।
उद्घाटन कार्यक्रममा बोल्दै महानिरीक्षक थापाले सेवाग्राहीलाई सहज सेवा प्रदान गर्नुपर्नेमा जोड दिए । उनले राम्रो बोलीवचन तथा व्यवहारका साथ नागरिकलाई सरल, सहज सेवा र कानुनले दिए अनुसारको काम गर्न नेपाल प्रहरीलाई निर्देशन दिए...






























