संगालोखबर


धनकुटा । धनकुटामा आज बिहान करिब ११ः१५ बजे भएको बस दुर्घटनामा तीन जना घाइते भएका छन् । साँगुरीगढी गाउँपालिका-६ स्थित चारखोले गोलाइमा भएको दुर्घटनाका घाइतेलाई उपचारका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको छ ।

दुर्घटनामा तेह्रथुमको छथर गाँउपालिका-१ की अन्दाजी ११ वर्षीया नुमा लिम्बु, छथर गाँउपालिका-४ का अन्दाजी ६९ वर्षीय कविराज थापा र सोही स्थानकी अन्दाजी ५६ वर्षीया शुकमाया लिम्बु घाइते भएका छन् ।

उनीहरूको अवस्था सामान्य रहेको धनकुटाका प्रहरी प्रवक्ता डीएसपी हेमन्त भण्डारीले संगालोखबरलाई जानकारी दिए ।

धरानबाट तेह्रथुमतर्फ जाँदै गरेको को १ ख ५१०५ नम्बरको यात्रु बाहक बस अनियन्त्रित भएर सडक छेउमा दुर्घटना भएको प्रहरीले जनाएको छ । प्रहरीले बस चालकलाई नियन्त्रणमा लिएको छ ।

धनकुटाको चारखोले गोलाइमा बस दुर्घटना

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!