मोरङको ग्रामथानमा मतदान सकिए लगत्तै मतगणना थालिने
विराटनगर । मोरङको ग्रामथान गाउँपालिकामा आज अध्यक्ष पदका लागि मतदान भइरहेको छ । बिहान ७ बजेबाट सुरु भएको मतदान साँझ ५ बजे सकिने छ ।
मतदान सकिए लगत्तै मतपेटिका सङ्कलन गरेर मतगणना सुरु गर्ने तयारी रहेको सहायक निर्वाचन अधिकृत रामराज पौडेलले जानकारी दिए । मतपेटिका सङ्कलन भएपछि सर्वदलीय बैठक बसेर तुरुन्तै मतगणना सुरु गर्ने उनले बताए ।
मतगणना स्थलसमेत तयारी गरिएको उनको भनाइ छ । पौडेलले दुई वटा टोली...


























