सप्तरीमा पुलबाट ट्रक खस्दा मोरङको उर्लाबारीका चालकको मृत्यु
विराटनगर । सप्तरीमा क्लिङ्कर बोकेको ट्रक दुर्घटना हुँदा मोरङको उर्लाबारी घर भएका चालकको मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत सप्तरीको शम्भुनाथ नगरपालिका–५, मोहनपुर पुलमा आज बिहान भएको दुर्घटनामा चालक उर्लाबारी–१ का २५ वर्षीय सबिन राईको मृत्यु भएको हो ।
मधेश प्रदेश–०३–००१ ख ८१८१ नम्बरको ट्रक क्लिङ्कर बोकेर गुडिरहेका बेला मोहनपुर पुलबाट करिब २० मिटर तल खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ...






























