गाडीमा सरकारी नम्बर प्लेट टाँसेर गाँजा तस्करी
धरान । धनकुटाबाट धरान आउँदै गरेका दुईवटा गाडीबाट प्रहरीले ६९० किलो गाँजा बरामद गर्यो । बा १ झ ४६०५ र बा १ झ ५१२७ नम्बरका सरकारी नम्बर प्लेट भएका गाडीबाट गाँजा बरामद गर्न प्रहरीले गोली नै चलाउनु पर्यो ।
प्रहरीले एक जनालाई पक्राउ गर्न सफल भयो भने अझै एक जना फरार छन् । उनको खोजी भइरहेको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ । धरानका प्रहरी नायब उपरीक्षक (डीएसपी) प्रकाश जबेगुका अनुसार हिजो साँझ ७ ब...




























