बालसंस्कार केन्द्र सञ्चालनका लागि विराटनगरमा ‘भजन जामिङ’ कार्यक्रम हुँदै
विराटनगर । ह्यासट्याग इभेन्ट र विश्व हिन्दु परिषद् नेपालको सहकार्यमा विराटनगरमा पहिलोपटक ‘भजन जामिङ’ कार्यक्रम हुने भएको छ । सनातन धर्मको संरक्षण, संवद्र्धन तथा धार्मिक जागरणको उद्देश्यसहित बालसंस्कार केन्द्र सञ्चालनका लागि सहयोग जुटाउन कार्यक्रम आयोजना गरिएको हो ।
आयोजकका अनुसार हिन्दू युवाहरूमा बढ्दो क्लब संस्कृति र नशाजन्य प्रवृत्तिलाई निरुत्साहित गर्दै धार्मिक तथा सांस्कृतिक गतिविधिप्रति आक...































