
विराटनगर । मोरङको उर्लाबारीबाट लागूऔषध ओसारपसार गरिरहेका दुई युवक पक्राउ परेका छन् । प्रहरीले उनीहरूको मलद्वारबाट २४ ग्रामभन्दा बढी ब्राउन सुगर बरामद गरेको हो ।
उर्लाबारी-७ गोलचोक क्षेत्रबाट मोटरसाइकलसहित उर्लाबारी-६ का २९ वर्षीय केशव श्रेष्ठ र उर्लाबारी-५ का २४ वर्षीय निश्चल गुरुङ पक्राउ परेका हुन् ।
प्रहरीका अनुसार दुवैले पारदर्शी कन्डम र पोलिथिनमा प्याक गरी मलद्वारभित्र लुकाएको अवस्थामा लागूऔषध ओसारपसार गरिरहेका थिए । चिकित्सकीय निगरानीपछि श्रेष्ठबाट १४.७२ ग्राम र गुरुङबाट ९.४ ग्राम ब्राउन सुगर निकालिएको छ ।
प्रहरीले दुवै जनामाथि थप अनुसन्धान अघि बढाइएको छ । मोरङ प्रहरीका अनुसार शरीरभित्र लागूऔषध लुकाएर ओसारपसार गर्ने प्रवृत्ति नयाँ र चुनौतीपूर्ण देखिएकाले यसको सञ्जाल पहिचान गर्न सूक्ष्म थप अनुसन्धान भइरहेको छ ।

संगालोखबर 

















