विराटनगर भन्सारमा निर्मित आपत्कालीन गोदाम घर कोशी सरकारलाई हस्तान्तरण

विराटनगर भन्सारमा निर्मित आपत्कालीन गोदाम घर कोशी सरकारलाई हस्तान्तरण

विराटनगर । विराटनगर भन्सार क्षेत्रमा निर्माण गरिएको आपत्कालीन गोदाम घर कोशी प्रदेश सरकारलाई हस्तान्तरण गरिएको छ । आज संघीय सरकारका गृहमन्त्री रमेश लेखकले कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई गोदाम घर हस्तान्तरण गरेका हुन् । गृहमन्त्री लेखकले संघीय सरकारले संघीयता कार्यान्वयनमा स्पष्ट प्रतिबद्धता जनाएको उल्लेख गर्दै विपद् व्यवस्थापनमा संघीय, प्रदेश र स्थानीय सरकारबीचको सहकार्य अपरिहा...
कोशी प्रदेशस्तरीय सुरक्षा बैठक भोलि

कोशी प्रदेशस्तरीय सुरक्षा बैठक भोलि

विराटनगर । कोशी प्रदेशस्तरीय सुरक्षा बैठक भोलिदेखि विराटनगरमा सुरु हुँदैछ । होटल एसियाटिकमा हुने बैठकमा १४ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारी, नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख सहभागी हुनेछन् । मोरङका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवका अनुसार सहभागी जिल्लाबाट वर्तमान सुरक्षा अवस्था, चुनौती र स्थानीय तहमा देखापरेका समस्याबारे प्रस्तुति हुनेछ । उनीहरूको प्रस्तु...
विराटनगरको कोशी बालसुधार गृहबाट तीन जना फरार 

विराटनगरको कोशी बालसुधार गृहबाट तीन जना फरार 

विराटनगर । विराटनगर-३ स्थित कोशी  बालसुधार गृहबाट तीन जना बालक फरार भएका छन् । जबरजस्ती करणी अभियोगमा सुधार गृहमा राखिएका उनीहरू सोमबार दिउँसो २ बजेतिर फरार भएका हुन् । फरार हुनेमा उदयपुर, तेह्रथुम र इलामका बालक छन् । उनीहरूमध्ये दुई जना बालसुधार गृहकै विद्यालयमा कक्षा ८ र एक जना कक्षा ७ मा पढिरहेका थिए । बालसुधार गृहका अनुसार उदयपुर र तेह्रथुमका १८-१८ वर्षका तथा इलामका १७ वर्षीय बालक फरार भएका...
मिडियाको भूमिका निष्पक्ष हुनुपर्नेमा जोड

मिडियाको भूमिका निष्पक्ष हुनुपर्नेमा जोड

विराटनगर । कोशी प्रदेशका सांसद जयप्रकाश चौधरीले पत्रकारिताको परिवर्तित परिवेशमा अनलाइन पत्रकारिता एकमात्र विकल्प बनेको बताएका छन् । खबर पूर्वाञ्चल मिडिया प्रालिद्वारा सञ्चालित खबर पूर्वाञ्चल अनलाइन पत्रिकाको १० औँ वार्षिकोत्सव समारोहमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले पत्रकारहरूले देश र प्रदेशका आवश्यकता अनुकूलका मुद्दामा निरन्तर बहस र पैरवी गरिरहनुपर्ने आवश्यकता रहेको उल्लेख गरे । प्याब्...
मनमोहन विश्वविद्यालय सेवा आयोगको अध्यक्षमा थापा नियुक्त 

मनमोहन विश्वविद्यालय सेवा आयोगको अध्यक्षमा थापा नियुक्त 

विराटनगर । कोशी प्रदेश सरकार अन्तरगतको मनमोहन प्राविधिक विश्वविद्यालय सेवा आयोगको अध्यक्षमा दामोदर थापा नियुक्त भएका छन् । विश्वविद्यालय सेवा आयोगको दोस्रो  अध्यक्षमा प्रोफेसर डा. थापा नियुक्त भएका हुन् । आइतबार कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले थापालाई पद तथा  गोपनियताको सपथग्रहण गराए । मोरङको बुढीगंगा गाउँपालिका-४ हात्तीमुढा स्थित केन्द्रिय कार्यालयमा आयोजित सपथ कार्यक्रममा सह-...
अनेरास्ववियु मोरङ अध्यक्षमा घिमिरे सर्वसम्मत

अनेरास्ववियु मोरङ अध्यक्षमा घिमिरे सर्वसम्मत

विराटनगर । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) मोरङ जिल्ला कमिटीको अध्यक्षमा वीरेन्द्र घिमिरे चयन भएका छन् । शनिबार विराटनगर स्थित एमाले पार्टी कार्यालयमा सम्पन्न जिल्ला स्तरीय वृहत विद्यार्थी भेलाबाट घिमिरे सर्वसम्मत अध्यक्षमा चयन भएका हुन् । कमिटीको उपाध्यक्षमा नवीन पहाडी, सागर थापा, संगम कन्दङवा, एलिस ओझा र सचिवमा मनोज लामा कार्की चयन भएका छन् । सह-सचिवमा विप्लव प...
ग्रामथानमा ट्याक्टर दुर्घटना, चालकको मृत्यु

ग्रामथानमा ट्याक्टर दुर्घटना, चालकको मृत्यु

विराटनगर । मोरङको ग्रामथान गाउँपालिका-२ बतराहीमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । दुर्घटनामा कटहरी गाउँपालिका-५ का २० वर्षीय राहुल सरदारको मृत्यु भएको हो । प्रहरीका अनुसार शनिबार साँझ आरएमसी इँटा उद्योगबाट इँटा लोड गरेर निस्किएको को १ त ७४२५ नम्बरको ट्रयाक्टर खेतमा फसेको थियो । ३७०१ नम्बरको जेसीबीले पछाडिबाट धकेलेर निकाल्ने क्रममा ट्याक्टरको इन्जिनको भाग उठेर इँटा लोड गरेको डाल...
मोरङको ग्रामथानमा मोटरसाइकलले ठक्कर दिँदा वृद्धको मृत्यु

मोरङको ग्रामथानमा मोटरसाइकलले ठक्कर दिँदा वृद्धको मृत्यु

विराटनगर । मोरङको ग्रामथान गाउँपालिका-६ स्थित वडा कार्यालय अगाडि मोटरसाइकलले ठक्कर दिँदा वृद्धको मृत्यु भएको छ । प्रहरीका अनुसार दुर्घटनामा सोही स्थानका ७० वर्षीय हेमराज गिरीको मृत्यु भएको हो । विराटनगरबाट विराटचोकतर्फ जाँदै गरेको प्रदेश १-०२-०४५ प ११४० नम्बरको मोटरसाइकलले बाटो क्रस गर्दै गर्दा वृद्धलाई ठक्कर दिएको थियो । मोटरसाइकलको ठक्करबाट घाइते भएका उनलाई उपचारका लागि नोबेल अस्पताल विराटनगर...
सन नेपाल लाइफ इन्सुरेन्स विराटनगरका म्यानेजर पक्राउ

सन नेपाल लाइफ इन्सुरेन्स विराटनगरका म्यानेजर पक्राउ

विराटनगर । वैदेशिक रोजगारीका लागि बहराइन गएका एक श्रमिकको मृत्युपछिको बिमा रकम ठगी गरेको आरोपमा एक बीमा कम्पनीका म्यानेजर पक्राउ परेका छन् । प्रहरीका अनुसार सन नेपाल लाइफ इन्सुरेन्स कम्पनी विराटनगर शाखाका म्यानेजर  सन्तोष अधिकारी पक्राउ परेका हुन् । उनी मोरङको विराटनगर-३ निवासी हुन् । मोरङ प्रहरीका प्रवक्ता डीएसपी वेदप्रकाश जोशीका अनुसार अधिकारीमाथि मृतक श्रमिककी पत्नीले पाउनुपर्ने बिमा रकम ठग...
मोरङ कारागारका थुनुवाको उपचारका क्रममा मृत्यु

मोरङ कारागारका थुनुवाको उपचारका क्रममा मृत्यु

विराटनगर । जिल्ला कारागार मोरङका एक थुनुवाको उपचारका क्रममा मृत्यु भएको छ । रामेछापको दोरम्बा शैलुङ गाउँपालिका-२ घर भएका ५४ वर्षीय प्रवीण तामाङको उपचारका क्रममा आज बिहान मृत्यु भएको हो । मोरङ कारागारका जेलर गौरव ढुङ्गेलका अनुसार श्वासप्रश्वास सम्बन्धी समस्या देखिएपछि उनलाई शनिवार साँझ कोशी अस्पतालमा भर्ना गरिएको थियो । यसअघि पनि उनलाई पटक-पटक अस्पताल भर्ना गर्ने गरिएको उनले जानकारी दिए । ‘उहाँ...
विराटनगरको गोग्राहा कलेजले आयोजना गरेको डाटा व्यवस्थापन तालिम सम्पन्न

विराटनगरको गोग्राहा कलेजले आयोजना गरेको डाटा व्यवस्थापन तालिम सम्पन्न

विराटनगर । उच्च शिक्षामा वैज्ञानिकता, अनुसन्धान र गुणस्तरीयता अभिवृद्धि गर्ने उद्देश्यसहित विराटनगरस्थित गोग्राहा कलेजमा आयोजित ‘डाटा व्यवस्थापन तथा विश्लेषण तालिम’ सम्पन्न भएको छ । विश्वविद्यालय अनुदान आयोग सानोठिमी भक्तपुरको सहयोगमा सञ्चालन भएको तीनदिने तालिम पूर्वाञ्चल विश्वविद्यालयका उपकुलपति प्रा.डा. विजुकुमार थपलियाको उपस्थिति सम्पन्न भएको हो । उनले वैज्ञानिक अध्ययन प्रणालीमा डेटा व्यवस्...
पत्रकारद्वय बुढाथोकी र भण्डारी पुरस्कृत

पत्रकारद्वय बुढाथोकी र भण्डारी पुरस्कृत

विराटनगर । सूचनाको हकका लागि लामो समयदेखि क्रियाशील पत्रकार किशोर बुढाथोकी र सुरेन्द्र भण्डारी पुरस्कृत भएका छन् । उनीहरूलाई आज विराटनगरमा आयोजित कार्यक्रममा पुरस्कृत गरिएको हो । यस्तै पत्रकारितामा दीर्घ योगदान पुर्याएका अग्रज यज्ञ शर्मालाई सम्मान गरिएको छ । नेपाल पत्रकार महासङ्घ मोरङले आयोजना गरेको ‘षष्टिका बस्नेत सूचनाको अधिकार पुरस्कार वितरण तथा अग्रज पत्रकार सम्मान समारोह’ मा एक लाख एक सय ...
गोग्राहा कलेजको आयोजनामा ‘डाटा व्यवस्थापन तथा विश्लेषण’ तालिम 

गोग्राहा कलेजको आयोजनामा ‘डाटा व्यवस्थापन तथा विश्लेषण’ तालिम 

विराटनगर । गोग्राहा कलेज विराटनगरको आयोजनामा ‘डाटा व्यवस्थापन तथा विश्लेषण तालिम’ सुरु भएको छ । उच्च शिक्षामा गुणस्तरीय सुधार र वैज्ञानिक अध्ययन प्रणालीलाई सशक्त बनाउने उद्देश्यले तालिम सुरु गरिएको हो । विश्वविद्यालय अनुदान आयोग सानोठिमी भक्तपुरको सहयोगमा आयोजना गरिएको तीनदिने तालिम बैशाख २० गते शनिबार सम्पन्न हुनेछ । कलेज प्रमुख गोविन्द प्रसाद अधिकारीले पूर्वाञ्चल विश्वविद्यालयसँग सम्बन्धित क...
मजदुरहरूलाई छुन नसकेको ‘मजदुर दिवस’

मजदुरहरूलाई छुन नसकेको ‘मजदुर दिवस’

विराटनगर । ७१ वर्षीय कृष्ण चौधरी, जो दैनिक ज्याला मजदुरीमा काम गर्छन । उनी दिनहुँ विराटनगरको भूमिप्रशासन चोकमा आउँछन् र कामदारको खोजीमा आउनेहरूको प्रतीक्षा गर्छन् । उनको घर विराटनगर-१५ हो । उनी साइकलको पाइडल पेल्दै नियमित कामको खोजीमा निक्लन्छन् । कहिले काम पाइन्छ भने कहिले रित्तो हात नै फर्किनुपर्ने अवस्था आउँछ । उनले यसरी दैनिक ज्याला मजदुरीको काम गर्न थालेको २१ वर्ष भयो । ‘वृद्धभत्ता त आउँछ...
एम.एम. कप क्रिकेट : आसामसँग कोशी प्रदेश फराकिलो अन्तरले पराजित

एम.एम. कप क्रिकेट : आसामसँग कोशी प्रदेश फराकिलो अन्तरले पराजित

विराटनगर । मनमोहन स्मृति एकदिवसीय क्रिकेट प्रतियोगितामा पाहुना टोली भारतको आसाम क्रिकेट क्बलले विजयी सुरुवात गरेको छ । विराटनगरको बैजनाथपुर जारी तेस्रो संस्करणको प्रतियोगितामा कोशीलाई ९७ रनले पराजित गर्दै आसामले विजयी सुरुवात गरेको हो । टस जितेर पहिला ब्याटिङ गरेको आसामले ४७.३ बलमा सबै विकेट गुमाउँदै २०९ रन बनाएको थियो । जितका लागि २१० रनको लक्ष्य पाएको कोशीले ३७.२ बलमा सबै विकेट गुमाउँदै ११२ र...
विराटनगरबाट नक्कली नोटसहित भारतीय युवती पक्राउ

विराटनगरबाट नक्कली नोटसहित भारतीय युवती पक्राउ

विराटनगर । विराटनगर-१३ बाट नक्कली नोटसहित भारतीय युवती पक्राउ परेकी छन् । भारतको बिहार अररियाकी १९ वर्षीया सिम्पी बैसन्ती नक्कली नोटसहित पक्राउ परेकी हुन् । प्रहरीका अनुसार उनले मङ्गलबार विराटनगर-१३ स्थित एक किरना पसलमा सामान किनेकी थिइन् । उनले पसलेलाई पाँच सय भारतीय रुपैयाँ पसलेलाई दिइन् । उक्त नोट नक्कली भएको शङ्का लागेर पसलेले प्रहरीलाई खबर गरेका थिए । सोही आधारमा इलाका प्रहरी कार्यालय रान...
विराटनगरमा घरको गेटले किच्दा १० वर्षीय बालकको मृत्यु

विराटनगरमा घरको गेटले किच्दा १० वर्षीय बालकको मृत्यु

विराटनगर । विराटनगर-४ जामुनगाछीमा घरको गेटले किच्दा एक बालकको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार आज बिहान करिब ९ः४० बजे राधाकृष्णमार्ग बस्ने नारायण झाका १० वर्षीया छोरा प्रियान्सुलाई गेटले किचेको थियो । घाइते भएका उनलाई तत्कालै उपचारका लागि नोबेल अस्पताल लगिएकोमा चिकित्सकले बिहान १०ः१५ बजे मृत घोषणा गरेका थिए । मोरङ प्रहरीका अनुसार घरको मुख्य गेट खोल्ने क्रममा गेट लडेर बालकला...
विराटनगरको हाटखोलामा गायक दुर्गेश थापाको ‘लाइभ कन्सर्ट’

विराटनगरको हाटखोलामा गायक दुर्गेश थापाको ‘लाइभ कन्सर्ट’

विराटनगर । विराटनगरको हाटखोला मैदानमा गायक दुर्गेश थापाको लाइभ कन्सर्ट हुने भएको छ । लाइभ इन्टरटेनमेन्ट र भाइरल इभेन्ट इन्टरटेनमेन्टको आयोजनामा बैशाख २६ गते थापाको कन्सर्ट हुने भएको हो । दुबै संस्थाले संयुक्तरूपमा कार्यक्रमको आयोजना गरेको संयोजक सन्तोष महतले बताए । दुर्गेश थापाको कन्सर्टसँगै फेसन शो लगायतका कार्यक्रम पनि राखिएको उनले जानकारी दिए । यस्तै स्थानीय खानाका परिकारको स्टल पनि राखिने उ...
धरानको ग्यारेजबाट चोरी भएको बस विराटनगरमा भेटियो 

धरानको ग्यारेजबाट चोरी भएको बस विराटनगरमा भेटियो 

विराटनगर । सुनसरीको धरानबाट गत बिहीबार राति चोरी भएको बस विराटनगरमा फेला परेको छ । सुनसरीको धरान-८ स्थित एक ग्यारेजमा मर्मतका लागि राखिएको बस चोरी भएको उजुरी परेपछि प्रहरीले खोजी गरिरहेको थियो । इलाका प्रहरी कार्यालय धरानका डीएसपी प्रकाश जबेगुले चोरी भएको बस विराटनगरको बखरीमा भेटिएको पुष्टि गरे । ‘आज बिहान बस फेला परेको हो’, उनले संगालोखबरसँग भने, ‘थप बुझ्ने काम भइरहेको छ । अनुसन्धानपछि बाँकी क...
विराटनगरमा गुडिरहेको टिपरमा आगो लागेपछि…

विराटनगरमा गुडिरहेको टिपरमा आगो लागेपछि…

विराटनगर । विराटनगर-१९ मिलन चोकमा गुडिरहेको टिपरमा आगलागी भएको छ । आज दिउँसो २ः३० बजेतिर प्रदेश १-०२-००१ ख ८५३१ नम्बरको टिपरमा आगलागी भएको हो । विराटचोकबाट सुनसरीको बर्जुतर्फ बालुवा लिएर जाँदै थियो । प्रहरीका अनुसार टिपर सुनसरीको इनरुवा नगरपालिका-३ का ३० वर्षीय साजन सरदारले चलाएका थिए । आगो दमकलको सहयोगमा नियन्त्रणमा लिइएको थियो । आगलागीको कारण खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ । आगोले टिपरक...
मोरङको सुनवर्षीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

मोरङको सुनवर्षीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

विराटनगर । मोरङको सुनवर्षी नगरपालिका-९ लक्ष्मी टोलमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । डाइनियाबाट सिक्टीतर्फ जाँदै गरेको बीआर ३९ एच २९५६ नम्बरको भारतीय मोटरसाइकल आफैँ अनियन्त्रित भएर दुर्घटना भएको हो । दुर्घटनामा सुनवर्षी नगरपालिका-९ का २० वर्षीय साहबन आलमको मृत्यु भएको प्रहरीले जनाएको छ । शरीरका विभिन्न भागमा चोट लागेर गम्भीर घाइते भएका उनको रङ्गेली अस्पतालमा उपचारका क्रममा म...
विराटनगर महानगरपालिकामा डिजिटल नागरिक बडापत्र 

विराटनगर महानगरपालिकामा डिजिटल नागरिक बडापत्र 

विराटनगर । विराटनगर महानगरपालिकाले डिजिटल नागरिक बडापत्र सञ्चालनमा ल्याएको छ । आज मेयर नागेश कोइरालाले महानगर परिसरमा स्थापना गरिएको डिजिटल नागरिक बडापत्रको शुभारम्भ गरे । प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद ढुङ्गेल, सामान्य प्रशासन महाशाखा प्रमुख अर्जुन थपलिया, भौतिक पूर्वाधार महाशाखा प्रमुख अर्जुन थापासहित विभिन्न महाशाखा र शाखा प्रमुखहरूको उपस्थितिमा डिजिटल नागरिक बडापत्रको शुभारम्भ गरिएको हो ...
माओवादी विराटनगर कमिटीमा राजवंशीको प्यानल निर्वाचित

माओवादी विराटनगर कमिटीमा राजवंशीको प्यानल निर्वाचित

विराटनगर । नेकपा माओवादी केन्द्र विराटनगर महानगर कमिटीको अध्यक्षमा दिनेश कुमार राजवंशी (देव) को प्यानल निर्वाचित भएको छ । आज भएको निर्वाचनमा राजवंशी सहित प्यानल नै निर्वाचित भएको हो । राजवंशी ४६ मतसहित निर्वाचित हुँदा उनका प्रतिस्पर्धी नमिता न्यौपानेले ३५ मत प्राप्त गरिन् । यसअघि राजवंशी महानगरको उपाध्यक्ष थिए भने न्यौपाने पूर्व सचिव थिइन् । उपाध्यक्षहरूमा चन्द्रबहादुर वन, धर्मलाल माझी र सनोज ...
विराटनगरमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु

विराटनगरमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु

विराटनगर । विराटनगर-५ मा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार सुनसरी बर्जु गाउँपालिका-२ का ४५ वर्षीय गंगाराम साहको मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका उनको उपचारका क्रममा नोबेल अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । दावाबन्दीबाट केशलिया रोडतर्फ जाँदै गरेको प्र ०१-१२-१-०४-००१ त ०४१० नम्बरको ट्याक्टर आफैँ अनियन्त्रित भएर दुर्घटना भएको हो । ट्याक्टर चालक सुनसरी...
मोरङको ग्रामथानबाट जबरजस्ती करणी आरोपमा युवक पक्राउ

मोरङको ग्रामथानबाट जबरजस्ती करणी आरोपमा युवक पक्राउ

विराटनगर । मोरङको ग्रामथान गाउँपालिका-१ बाट १६ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ परेका छन् । बिहीबार बिहान सोही स्थानका २० वर्षीय आबिद अलि (मियाँ) लाई  प्रहरीले पक्राउ गरेको हो । अलिले ती बालिकालाई ललाई-फकाई सोही गाउँपालिका-१ स्थित सिमरिया भन्ने स्थानमा लगेर जबरजस्ती करणी गरेको भन्ने उजुरी परेको थियो । सोही आधारमा इलाका प्रहरी कार्यालय हरैँचाबाट खटिएको प्रहरी टोलीले ...
मोरङको हरैँचामा टिपरले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

मोरङको हरैँचामा टिपरले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

विराटनगर । मोरङको सुन्दरहरैँचा नगरपालिका-१ स्थित हरैँचा बजारमा टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । विराटनगर-विराटचोक सडकखण्डमा पर्ने उक्त स्थानमा केही बेर अघि दुर्घटना भएको हो । दुर्घटनामा मोटरसाइकल चालक सुनसरीको दुहबी-९ का ४० वर्षीय महमद हमिद मियाँको मृत्यु भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी वेदप्रकाश जोशीले जानकारी दिए । विराटचोकबाट दक्षिणतर्फ आउँदै गरेको ना १ क नम्बरको टिपरले द...
मोरङको विराटचोकमा करेन्ट लागेर एक जनाको मृत्यु

मोरङको विराटचोकमा करेन्ट लागेर एक जनाको मृत्यु

विराटनगर । मोरङको सुन्दरहरैँचा नगरपालिका-९ विराटचोकमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । बुधबार इन्टरनेटको तार विस्तार गर्ने क्रममा करेन्ट लाग्दा इलामको चुलाचुली गाउँपालिका-३ का अन्दाजी २८ वर्षीय राजेश लावतीको मृत्यु भएको हो । प्रहरीका अनुसार बिजुलीको पोलमा चढेर इन्टरनेटको तार विस्तार गर्ने क्रममा दुई जनालाई करेन्ट लागेको थियो । जसमध्ये लावतीको नोबेल अस्पताल विराटनगरमा मृत्यु भएको प्रहरीले ज...
मोरङको कानेपोखरीमा बसको ठक्करबाट मोटरसाइकलमा सवार महिलाको मृत्यु

मोरङको कानेपोखरीमा बसको ठक्करबाट मोटरसाइकलमा सवार महिलाको मृत्यु

विराटनगर । मोरङको कानेपोखरी गाउँपालिका-७ मा यात्रुवाहक बसको ठक्करबाट मोटरसाइकलमा सवार महिलाको मृत्यु भएको छ । प्रहरीका अनुसार उदयपुरको बेलका नगरपालिका-४ की अन्दाजी ५५ वर्षीया कुमारी आचार्यको घटनास्थलमै मृत्यु भएको हो । शव पोस्टमार्टमका लागि उर्लाबारीको मंगलबारेस्थित मदन भण्डारी अस्पताल एवं ट्रमा सेन्टरमा राखिएको छ । आज बिहान झापाको काँकडभिट्टाबाट धरानतर्फ जाँदै गरेको गोर्खा यातायातको को १ ख ७४...
विराटनगरमा तेस्रो संस्करणको एम.एम. कप क्रिकेट प्रतियोगिता हुँदै

विराटनगरमा तेस्रो संस्करणको एम.एम. कप क्रिकेट प्रतियोगिता हुँदै

विराटनगर । विराटनगरमा तेस्रो संस्करणको एम.एम. कप क्रिकेट प्रतियोगिता हुने भएको छ । एम.एम. कप फाउण्डेशन इनरुवाको आयोजनामा विराटनगर-१९ स्थित बैजनाथपुर क्रिकेट मैदानमा प्रतियोगिता हुन लागेको हो । आयोजकले आज विराटनगरमा पत्रकार सम्मेलन गर्दै प्रतियोगितामा छ टोलीको सहभागिता रहने जनाएको छ । फाउण्डेशनका अध्यक्ष विप्लव घोषका अनुसार बैशाख १३ देखि २० गतेसम्म प्रतियोगिता सञ्चालन हुनेछ । प्रतियोगितामा नेपा...
मोरङको सुनवर्षीबाट पाँच हजार क्याप्सुल ट्रमाडोल बरामद

मोरङको सुनवर्षीबाट पाँच हजार क्याप्सुल ट्रमाडोल बरामद

विराटनगर । मोरङको सुनवर्षी नगरपालिका-९ बाट ठूलो परिमाणमा ट्रमाडोल बरामद भएको छ । सोमबार साँझ बेवारिसे अवस्था रहेको पाँच हजार क्याप्सुल ट्रमाडोल बरामद गरिएको प्रहरीले जनाएको छ । कपडाको झोलाभित्र राखिएको अवस्थामा स्थानीयले लागूऔषध ट्रमाडोल देखेपछि प्रहरीलाई खबर गरेका थिए । सोही आधारमा खटिएको प्रहरी टोलीले उक्त लागूऔषध बरामद गरेको हो । कसले कहाँबाट ल्याएको र कहाँ लैजान लागेको थियो भन्ने खुल्न बाँ...
मोरङको मिक्लाजुङमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु

मोरङको मिक्लाजुङमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु

विराटनगर । मोरङको मिक्लाजुङ गाउँपालिका-९ मा ट्याक्टर दुर्घटना हुँदा एक् जनाको मृत्यु भएको छ । आज दिउँसो मधुमल्ला-उर्लाबारी सडक खण्डमा भएको दुर्घटनामा अन्य चार जना घाइते भएका छन् । उर्लाबारी नगरपालिका-४ का अन्दाजी २० वर्षीय लाजेहाङ लिम्बूको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार दुर्घटनामा गम्भिर घाइते भएका उनलाई उपचारका लागि मदन भण्डारी ट्रमा सेन्टर लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका ...
error: Content is protected !!