विराटनगरको मेरिल्याण्ड कलेजमा प्रवेश परीक्षा दिनेको घुँइचो
विराटनगर । विराटनगरको मेरिल्याण्ड कलेजमा कक्षा ११ भर्नाका लागि प्रवेश परीक्षा दिनेको घुँइचो लागेको छ । कक्षा ११ मा नौं सय जनाको कोटाका लागि सोमवार भएको प्रवेश परीक्षामा २१ सय भन्दा बढी विद्यार्थी सहभागि भएको कलेजले जनाएको छ ।
कलेजमा विज्ञान संकायमा २५० र व्यवस्थापन संकायमा ६५० जनाको कोटा निर्धारण गरिएको छ । २०५९ सालमा स्थापना भएको मेरिल्याण्ड कलेजमा विज्ञान, कम्प्युटर विज्ञान र व्यवस्थापन संकाय...































