संगालोखबर


धनकुटा । धनकुटा नगरपालिका-१ त्रिशुलेमा गुडिरहेको अटोमा आगलागी भएको छ । आगलागीबाट अटो पूर्णरुपमा जलेर नष्ट भएको छ ।

कोशी लोकमार्गमा शनिबार हिलेबाट जोरपाटीतर्फ जाँदै गरेको को २ ह ८१७७ नम्बरको अटोमा अचानक आगलागी भएको हो ।

अटोमा आगलागी भएको सूचना प्राप्त हुनासाथ पुगेको प्रहरी टोलीले स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिएको थियो ।

अटोमा चालकसहित चार जना सवार थिए । चारै जना सकुशल रहेका प्रहरीले जनाएको छ । आगलागीको कारण भने खुल्न बाँकी छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!