धनकुटाबाट जबरजस्ती करणी आरोपमा दुई जना पक्राउ
धनकुटा । धनकुटाबाट जबरजस्ती करणी आरोपमा दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सुनसरीको इनरुवा नगरपालिका-६ मधेसाका २३ वर्षीय ऋतिक भनिने विजयकुमार कामत र एक जना १४ वर्षीय नाबालक छन् ।
उनीहरूमाथि असार ५ गते धनकुटाकी एक १९ वर्षीया युवतीलाई घरमा एक्लै सुतिरहेको अवस्थामा राति १०ः३० बजेतिर जबरजस्ती करणी गरेको आरोप छ । धनकुटा प्रहरीका प्रवक्ता डीएसपी ओमप्रकाश खनालका अनुसार युवती निदाइरहेको अवस्थामा...































