
धनकुटा । धनकुटाको महालक्ष्मी नगरपालिका-३ का १६ वर्षीय बालक निशान थापाको उपचारका लागि परिवारले आर्थिक सहयोगको अपिल गरेको छ । विल्सन डिजिज नामक जटिल रोगबाट पीडित बालकको उपचारका लागि आर्थिक अभाव भएपछि परिवारले सहयोगको अपिल गरेको हो ।
करिब डेढ वर्षदेखि उक्त रोगबाट पीडित बनेका उनको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान घोपामा उपचार भइरहेको छ । उपचारका लागि धेरै खर्च लाग्ने भएपछि सहयोगको अपिल गरिएको बालककी ठूलीआमा कमला थापाले बताइन् ।
घरको आर्थिक अवस्था कमजोर रहेको र भएको रकम पनि उपचारका क्रममा सकिएको उनको भनाइ छ । उनले आफ्नो नाममा रहेको राष्ट्रिय वाणिज्य बैंकको खाता नम्बर २५६०१००००४८४१०१० मार्फत सहयोग गर्न सक्ने बताएकी छन् ।
एक दुर्लभ किसिमको यो रोगले शरीरको तामाको मेटाबोलाइज गर्ने क्षमतालाई असर गर्दै कलेजो र मस्तिष्कमा असर गर्ने गर्छ ।

संगालोखबर 













