संगालोखबर
साङ्केतिक तस्बिर : एआईको सहयोगमा

धनकुटा । जेनजी आन्दोलनका क्रममा सुनसरीको झुम्का कारागारबाट भागेका लागूऔषध मुद्दाका फरार प्रतिवादी धनकुटाबाट पक्राउ परेका छन् । पक्राउ पर्नेमा साँगुरीगढी गाउँपालिका-१ का ३३ वर्षीय बुद्धराज लिम्बु छन् ।

उनलाई आज बिहान ९ बजे आफ्नै घरमा लुकिछिपी बसिरहेको अवस्थामा पक्राउ गरिएको धनकुटाका प्रहरी प्रवक्ता डीएसपी राजन कार्कीले जानकारी दिए ।

उनका अनुसार लिम्बु लागूऔषध मुद्दामा पुर्पक्षका लागि झुम्का कारागार चलान भएका थिए । पक्राउ परेका लिम्बुलाई झुम्का कारागार लगिएको प्रहरीले जनाएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!