संगालोखबर

धनकुटा । धनकुटाको साँगुरीगढी गाउँपालिका-१० घुम्ती खोला नजिक पुरुषको वेवारिसे शव फेला परेको छ । आज बिहान करिब ९ः३० बजे नदी तिरमा करिब ३०/३५ वर्षीय पुरुषको शव फेला परेको हो ।

Advertisement

घोप्टो परेको अवस्थामा रहेको सो शव सड्न थालिसकेको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।

मृतक को हुन भन्ने खुल्न सकेको छैन । मृतकको शवलाई पोष्टमार्टमका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!