आधुनिकताले हराउँदै देउसी भैलोको मौलिकता
धनकुटा । झिलीमिली बत्तिको पर्व तिहारको अर्को महत्वपूर्ण पक्ष देउसी भैलो पनि हो । तर पछिल्लो समय आधुनिकतासँगै यसको मौलिकता हराउँदै गएको छ ।
तिहार शुरु भएसँगै गाउँ तथा बजारका टोलबस्तिहरूमा देउसी र भैलो खेल्ने बालबालिकादेखि बूढापाकाको समूह हुन्थ्यो । जहाँ देउसी भैलोको मौलिकता झल्किन्थ्यो । देउसी र भैलोमा बज्नुपर्ने मादल, खैँजडी र बाँसुरीको साटो अचेल म्युजिकबाट नेपाली, हिन्दी आधुनिक र र्याप गीत बज्...































