संगालोखबर


धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाको गाउँसभाले तीन वटा कानुन पारित गरेको छ । मंगलबार गाउँपालिकाका अध्यक्ष राजकुमार चेम्जोङको अध्यक्षतामा भएको गाउँसभाको १८ औं अधिवेशनले विभिन्न तीन वटा कानुन पारित गरेको हो ।

चौबिसे गाउँपालिकाको वित्तीय उत्तरदायित्व ऐन, बेरुजु फछर्यौट कार्यविधि र लेखा परीक्षण कार्यविधि ऐन गाउँसभाबाट पारित भएको अध्यक्ष चेम्जोङले जानकारी दिए ।

अधिवेशनमा चालू आर्थिक वर्षको हालसम्म भएका गतिविधिको समीक्षा तथा आगामी दिनमा सुधार गर्नुपर्ने विषयमा छलफल भएको थियो । अधिवेशनमा गाउँपालिका उपाध्यक्ष टंकमाया पांग्मी मगर, प्रमुख प्रशासकीय अधिकृत बाबू नन्दन मेहतासहित वडाध्यक्षहरू, कार्यपालिका सदस्यहरू लगायतको उपस्थिति थियो ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!