- संगालोखबर संवाददाता

धनकुटा । निशान उद्यमी महिला बचत तथा ऋण सहकारी सस्था धनकुटाले आर्थिक बर्ष ०७२÷०७३ मा १९ लाख बरावरको आर्थिक कारोवार गरेको छ । सहकारी सस्थाको शनिवार आयोजित तेस्रो साधारणसभामा आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै कोषाध्यक्ष मिना राईले १८ लाख ८१ हजार वरावरको आर्थिक कारोवार भएको जानकारी दिएकी हुन ।

सहकारीले उक्त अवधिमा ३६ जनालाई १४ लाख २८ हजार ऋण लगानी गरेको छ । साधारणसभामा सहकारीका लेखा समिति संयोजक भगवति कार्कीले लेखा प्रतिवेदन प्रस्तुत गर्दै सहकारीमा रहेका ३ सय ७ जना सेयर सदस्यबाट २ लाख २५ हजार ५ सय सेयर संकलन भएको बताईन् । उक्त अवसरमा असल बचतकर्ता कृष्णमाया श्रेष्ठ, असल ऋणी सपना श्रेष्ठ र असल कर्मचारी साजन राईलाई सम्मानित गरिएको थियो ।

कार्यक्रममा बोल्दै सांसद ताम्लि । तस्वीर-संगालोखबर

कार्यक्रममा सांसद अञ्जना ताम्लि, जिल्ला सहकारी संघका उपाध्यक्ष राजेन्द्र बस्नेत, जिल्ला बिकास समितिका पूर्व महिला समन्वय समिति उपाध्यक्ष सुमना तिम्सिना, निशान सहकारीका सस्थापक जेष्ठ सदस्य निर्मला राई र संगालोखबरका प्रबन्ध निर्देशक एवं प्रधान सम्पादक रबिन कटेलले मन्तब्य ब्याक्त गर्दै सहकारीलाई सफलताको शुभकामना दिएका छन ।

महिलाहरुलाई लक्षित गर्दै ०६९ असोजमा निशान उद्यमी महिला बचत तथा ऋण सहकारी सस्था स्थापना भएको हो । निशान सहकारीमा हाल दुई सय भन्दा बढीले बचत गर्ने गरेको सहकारीका कर्मचारी सरोजा खवासले जानकारी दिईन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!