गुल्मी । गुल्मी का एक युवाले कोरियामा मासिक २ लाख तलव पाउने जागिर त्यागेर गाउँमा आई दुग्ध व्यवसाय सञ्चालन गर्दै आएका छन् ।
गुल्मीको दिगाम–५ पुर्खेयौली घर भएका ३५ वर्षिय रविजलाल पन्थले रिडी वजारमा रिडी वजारमा करिव १० लाख लागतमा गौरव दुग्ध डेरी सञ्चालनमा ल्याएका हुन् ।अढाई वर्ष अघि कोरियाबाट घर आएका पन्थले ६ महिना पछि उक्त डेरी खोलेका थिए । १५ ÷ २० लिटर दुध संकलनबाट डेरी सञ्चान गरेका पन्थको डेरीमा अहिले दैनिक ३ सय ५० लिटर दुध संकलन हुने गरेको छ । उक्त दुधबाट उनलले दहि पनीर , छुर्पी घिउ , कुरौनी बनाएर विभिन्न स्थानका वजारमा बेच्ने गरेका छन् ।

Advertisement

पन्थले भने–‘ ५ वर्ष सम्म कोरियामा मजदुर गरियो , फिक्सर भिसामा गए पनि पछि सिक्दै जाँदा पानी जाहजमा काम गर्न सुरु गरेको थिएँ तलव महिनाको २ लाख भन्दा बढि थियो । यसो घर आएर बुझे त्यतिनै मेहनत गर्ने हो भने त गाउँ मै पनि कमाउन सकिन्छ भन्ने लागेर यो व्यवसाय सुरु गरेको हुँ । ’

उनले अहिले मासिक ८० हजार देखि १ लाख सम्म आम्दानी हुने गरेको बताए । ईनोभेशन च्यालेञ्ज–२०१५ को नोमिनेशनमा जिल्लाका १० उत्कृष्ट उद्यमीमा परेका पन्थले ‘ नजाऔं अव खाडीमा, खुशी संगै पैसा खोजौं हाम्रै पाखा हाम्रै बारीमा ’ भन्ने अभियान सञ्चालन गरेका छन् ।

आगामी दिनमा आईसक्रिम उद्योग सञ्चालन गर्ने तयारीमा रहेका पन्थले बैदेशिक रोजगारीमा जाने रकम कृषि तथा पशुपालनमा लगानी गर्न सके विदेशको कमाई यहि हुने बताउँदै युवाहरुलाई वैदेशिक रोजगारमा नजान सुझाव दिए ।

जिल्लाका उत्कृष्ट युवा व्यवसायी पन्थलाई जिल्ला कृषि विकास कार्यालय, पशु सेवा कार्यालय र अन्य संघ संस्थाले पनि प्रोत्साहित गरेका छन् ।
किशानका लागि उन्नत विउ विजन कार्यक्रमले उनलाई यस वर्ष १० लाख रुपैयाँ अनुदान दिने समेत भएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!