- संगालो खबर
हिलेमा निर्माण भएको होराईजन माउन्टेन रिसोर्ट । तस्वीर- संगालो खबर

धनकुटा । धनकुटाको हिलेमा १९ करोडको लगानीमा होराईजन माउण्टेन रिसोर्ट निर्माण गरिएको छ । धनकुटाको मुगामा जन्मिएर बिराटनगरमा करिव दुई दसक देखि रत्ना होटल सञ्चालन गर्दै आएका रेवत बहादुर थापाले रिसोर्ट सञ्चालन गरेका हुन । अन्र्तराष्ट्रिय मापदण्ड अनुसारको सेवा उपलब्ध गराउँने उद्धेश्यले करिव १९ करोडको लगानीमा रिसोर्ट सञ्चालन गरिएको सञ्चालक एवं प्रबन्ध निर्देशक थापाले जानकारी दिए ।

उनका अनुसार करीब ४२ रोपनी क्षेत्रफलमा फैलिएकोे रिसोर्टमा ३१ कोठाहरु र ६ वटा कटेज छन । २ सय ५० जनालाई सेवा दिन सकिने सेमिनार हल र आफ्नै मल्टिकुजिन रेष्टुराँ पनि छ । रिसोर्टमै ज्याकुजी र सौनाको सुविधा पनि उपलब्ध छ । रिसोर्टमा करीब ५० जनाले प्रत्यक्षरुपमा रोजगारी पाउने छन् ।

Advertisement

रिसोर्टमा विवाह, पार्टी, सभा, सेमिनार तथा सम्मेलन गर्न मिल्ने सुविधा छ । ग्राहकलाई आकर्षित गर्ने उद्देश्यले रिसोर्ट नजिकै पिक्निक स्थलको पनि ब्यावस्था गरिएको छ भने चिया बगान पनिसँगै छ । रिसोर्टमा खपत गर्ने उद्देश्यले आप्mनै अग्र्यानिक तरकारी खेती, डेरी, खसी बोका र कुखुरा फर्मसमेत सञ्चालन गरिएको छ ।

त्यसैगरी होटलले आप्mनै क्षेत्रमा होटललाई चाहिने वायो ग्यास र वायु ऊर्जा उत्पादन गरेको छ । होटल व्यवसायमा चाहिने दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यले साउथ एशियन स्कुल अफ टुरिजम् एण्ड होटल म्यानेजमेन्टको सहकार्यमा विद्यार्थीहरुलाई ईन्टर्नको पनि व्यवस्था गरेको छ ।

रिसोर्टबाट मकालु, सगरमाथा र कञ्चन्जंगा हिमशृङ्खलाको दृश्यावलोकन गर्न सकिने सञ्चालक थापाले बताए । रिसोर्टले आफ्ना पाहुनका लागि घोडचढी, साइक्लिङ र दृश्यावलोकनको पनि सेवा उपलब्ध गराईने थापाको भनाई छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!