काठमाडौं । एसियाली बिकास बैंक (एडीबी) ले दलिय भागबण्डाकै कारण नेपालका विकासका आयोजनाहरु समयमै सम्पन्न हुन नसकेको निष्कर्ष निकालेको छ ।

Advertisement

आयोजनाका प्रमुखहरु दलीय पहुँच (भागवण्डा) का आधारमा चयन हुने गरेको भन्दै  यसलाई रोक्न र कार्यक्षमताको आधारमा जिम्मेवारी दिन आग्रह गरेको छ । एसियाली विकास बैंकका देशिय निर्देशक किनिची योकोयामाले आयोजना प्रमुखहरु दलीय भागबण्डा भन्दा पनि कार्यक्षमताका आधारमा चयन हुनुपर्ने बताए ।

आइतबार एडीबीले आयोजना गरेको त्रिपक्षिय पोर्टफोलियो समिक्षा कार्यक्रममा योकोयामाले भने ‘समयमा काम सम्पन्न गर्नको लागि तथाकथित भागबण्डाको आधारमा आयोजनामा कर्मचारी चयन गर्ने काम जसरी भएपनि रोक्नुपर्छ ।’

विकास आयोजना सफल पार्न आयोजना प्रमुखको मूख्य भूमिका रहने भन्दै उनले यसमा दलीय भागबण्डा हुन नहुने बताए । स्थानीयको माग तथा खरिद सम्झौताका कारण पनि आयोजना समयमै सम्पन्न गर्न कठिन भएको उनले बताए ।

उनका अनुसार बिगतका बर्षहरुको तुलनामा विकासका आयोजनाहरुको कार्यप्रगतीमा केही सुधार देखिएको छ । तर, यो लक्ष्य अनुसार भने छैन ।
अर्थमन्त्रालयका प्रवक्ता बैकुण्ठ अर्यालले आयोजना सुरु गर्नुअघि आवश्यक तयारी नभएको बताउँछन् । समयमै सम्पन्न नभएका आयोजनाहरुको अध्ययन गर्दा निर्माण सुरु गर्नु अघि आवश्यक तयारी नभएको देखिएको उनले बताए ।

अहिलेपनि अयोजना निर्माणका क्रममा जग्गा खरिदमा स्थानीयहरुको समस्या जस्ताको तस्तै छ । आयोजना सुरु गर्नु अघि स्थानीयको समस्या सल्टाउन आवश्यक तयारी हन नसकेको अर्थ मन्त्रालयका प्रवक्ता अर्याल बताउँछन् ।

ठेकेदार चिन्नै कठिन

विभिन्न आयोजनाका ठेक्का लिएका ठेकेदार आफैले काम नगरी अन्यलाई दिने चलन अझै छ । एक कम्पनीले आयोजना हात पारेको भएपनि निर्माणको जिम्मा भने अर्कै कम्पनी वा ठेकेदारलाई सुम्पिने परिपाटी पनि छ ।

प्रवक्ता अर्यालले भन, ‘ठेकेदार चिन्नै गाह्रो । एकले ठेक्का पार्छ । तर, अर्कैलाई निर्माण जिम्मा दिन्छ । यसका कारण पनि राम्रा ठेकेदार छनौट हुन सकेको छैन । उनले भने ‘खरिद प्रक्रिया धेरै देशमा लामो नै हुन्छ । हाम्रोमा अझै लामो छ, जसका कारण पनि आयोजनाको लागत केहि बढेको देखिन्छ ।’

वातावरणीय प्रभाव मूल्यांकन र ठेकेदारबीचको अस्वस्थ प्रतिस्पर्धाका कारण पनि विकासका आयोजनाहरु समयमै सम्पन्न हुन नसकेको उनको भनाइ छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!