इलाम, २१ माघ । ईलामका किसानले यो बर्ष सुन्तला बिक्रिबाट करिव १२ करोड बराबरको आम्दानी गरेका छन ।  किसानले एक हजार ९९५ मेट्रिक टन सुन्तला उत्पादन गरी रु ११ करोड ९७ लाखको सुन्तला बिक्री गरेका छन् ।

Advertisement

यहाँ उत्पादन भएको सुन्तला झापा, मोरङ तथा भारतको दार्जिलिङ, सिलिगुढीलगायतका बजारमा बिक्री भएको हो । सुन्तला सरदर प्रतिकिलो रु ६० का दरले बिक्री भएको किसानले बताएका छन् ।

तराईका व्यापारी कृषकको बगानसम्म सुन्तला खरिद गर्न आएका कारण बजारको खासै समस्या नभएको जिर्मलेका यामप्रसाद अधिकारीले बताए । सुन्तला बिक्रीबाट जिल्लामा बर्सेनि करोडौँ रुपैयाँ भित्रिने गरेको छ । “नामसालिङ गाविसबाट मात्र यस वर्ष रु तीन करोडको सुन्तला बिक्री भएको छ,” अधिकारीले भने ।

गत वर्षको तुलनामा यस वर्ष सुन्तलाको उत्पादनमा तीन प्रतिशतले वृद्धि भएको जिल्ला कृषि विकास कार्यालयका सूचना अधिकारी प्रकाशमणि काफ्ले बताउनुभयो ।

जिल्लामा यस वर्ष ३५० हेक्टरमा गरिएको खेतीबाट तीन हजार ६२९ मेट्रिक टन सुन्तला उत्पादन भएको थियो । गत आवमा ३४० हेक्टरमा तीन हजार ५२३ मेट्रिक टन सुन्तला उत्पादन भएको कार्यालयले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!