कैलाली (टिकापुर) । मान्छेले पैसा कमाउन अनेक अनेक बुद्धि प्रयोग गरिरहेका हुन्छन् । कसैले कडा परिश्रम गरि कठिनसँग पैसा कमाई रहेका हुन्छन् त कसैले सजिलो तरिकाले आफ्नो इलम प्रयोग गरि पैसा कमाइरहेका हुन्छन् ।
‘यदि धेरै मेहनत गरेर मात्र पैसा कमाउन सकिनेभए अहिलेसम्म सबभन्दा बढी धनी मानिस मुसहर जाति हुन्थे, किनभने उनीहरु दिनभरि माटो काट्छन्, कालु हमाल भन्छन्, पैसा कमाउन कडा परिश्रम होइन, बुद्धि लगाउनुपर्छ, र म बुद्धि लगाएर नै पैसा कमाइरहेको छु ।’

कालु हमाल तिनै व्यक्ति हुन् जसले कैलालीको टिकापुरमा १० विघा जमिनमा केरा खेती गरेर त्यसलाई ‘एग्रो टुरिज्म’को रुपमा विकास गरि अहिले महिनाको दुई लाख कमाई गरिहेकाछन् । खोलाको पाखाबारी पुर्खौली जमिन जुन कुनै कामको थिएन, त्यसमा हमालले केरा खेती गरेर त्यसैमा रेष्टुरेण्ट र रिसोर्ट सञ्चालन पनि गरेका छन् ।

रिसोर्टमै पुगेका पत्रकारहरुसँग कुरा गर्दै हमालले भने, ‘गाउँका युवतीहरु सुन्दरी हुन्छन् तर बाहिर आएका हुँदैन, शहरका युवती हेर्दा सुन्दरी हुन्छन् तर, नजिक जाँदा केही न केहीका हुन्छन्, त्यस्तै ग्रामिण क्षेत्र, खोला, पाखाबारीको जमिन, जसलाई कसैले मतलब राखेन तर मैले त्यसमा सुन्दरता देखे र त्यसलाई सिगांरेर आज यो अवस्थामा पुर्याएको छु । एग्रीकल्चरलाई ग्ल्यामर बनाइरहेको छु ।’

उनको रिसोर्ट र रेष्टुरेण्टको आकर्षण त्यहाँको परिकार हो । हरेक परिकार केराका नै हुन्छन् । केराको रोटी, पकौडा, खीर, अँचार, चटनी, तरकारी, अमलेट, मःमः, चिप्स, सेकुवा, स्लाइस, वाइन, सक्सी, सलाद, टिकियालगायत ३७ प्रकारका परिकार पकाएर खुवाउने गरेका छन् । सो खानका लागि त्यस्तो टाढाको ठाउँमा टाढा टाढाका ग्राहकहरु आइरहेका हुन्छन् ।

उनि हाँकाहाँकी भन्छन्, मलाई अलिमिटेड पैसा चाहिएका हुनाले मैले यो व्यवसायी शुरु गरेको छु ।’ १३ वर्ष पहिले सात कठ्ठाबाट व्यवसाय शुरु गरेका हमालले २०७२ मा राष्ट्रपति कृषि पुरस्कार पनि पाएका थिए । राष्ट्रपति कृषि पुरस्कार तपाईलाई नै किन दिइयो भन्ने जिज्ञासामा उनले भने, अरुले मेहनत गरेर राष्ट्रपति पुरस्कार पाए भने मैले कन्सेप्ट दिएर पाएँ छु ।’

सबभन्दा सजिलो व्यवसायी केरा खेती नै हो, यसमा धेरै समस्या पनि हुँदैन, एकपटक रोपेर त्यसलाई राम्रोसँग स्यहार सुसार गर्यो भने धेरै उत्पादन दिनसक्छ, हालसम्म समाधान नै नगर्ने गरि कुनै समस्या नआएको बताउँछन् हमाल ।
हमाल कृषि व्यवसायीमा सफल भएपनि पारिवारलाई सम्हाल्न भने असफल भएका छन् । उनका छोरा र श्रीमती अलग भएर बसेका छन् भने उनीसँग अझै तीनजना श्रीमती बाँकी छन् । एउटा छाडेर हिडिसकेकी बाहेक कालु हमालसँग तीनजना श्रीमती अझै छन् ।

जेठी श्रीमतीबाट जन्मेका छोराकै नाममा पहिला रिर्सोर्ट तथा अन्य कारोवार थियो । यहाँसम्म कि २०५८ सालमा लागेको हदबन्दीमा पर्दा छोराका नाममा राखेका थुप्र्रै जमिन पनि गुमाउनुपरयो । अहिले तीनटा श्रीमती छन् उनीसँग छ । तर पहिला जस्तो घटना नहोस् भनेर हमाल धेरै सतर्क बनेका छन् ।

रिसोर्ट र रेष्टुरेण्टसहित ४० जना कामदार छन् त्यसमध्ये अधिकाँश थारुहरु छन् । आधाभन्दा बढी थारु महिला कामदारहरु छिन् । तर सोझा थारुहरुलाई हमालले शोषण गरेको आरोप छ । यो जमाना पनि ८ हजारभन्दा बढी तलब कसैको छैन । यत्रो ठूलो रेष्टुरेण्ट र रिसोर्ट चलाउने हमालले पत्रकारसँग मिठा कुरा गरेपपनि मजदुरहरुमाथि अन्याय नै गरेका छन् । यस विषयमा उनीसँग जिज्ञासा राख्दा आठ हजारभन्दा बढी कसैको तलब नरहेको स्वीकार गरे । रातोपाटी

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!