सुनसरी । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यातायात व्यवस्था कार्यालय कोशीका एक कर्मचारीलाई घूससहित मंगलबार पक्राउ गरेको छ । लेखापाल भूपेन्द्र कटुवाल घूससहित रंगेहात पक्राउ परेका हुन् । उनको साथबाट ४० हजार रुपैयाँ घूस बरामद भएको छ ।

Advertisement

इटहरीस्थित कार्यालय छेउको एक होटलबाट उनलाई मंगलबार बिहान आठ बजे नियन्त्रणमा लिइएको हो । सवारीचालक अनुमतिपत्र ‘लाइसेन्स’ बनाइदिने भनेर कटुवालले सुनसरीका दुईजना सेवाग्राहीबाट २०–२० हजारको दरले ४० हजार रुपैयाँ घूस लिएको र गोप्य सूचनाको आधारमा उनलाई नियन्त्रणमा लिइएको अख्तियार सम्पर्क कार्यालय इटहरीका प्रमुख प्रेमप्रसाद भट्टराईले जानकारी दिए ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!